गृहपृष्ठ खबर शिक्षामा अभिभावकको भूमिका बढाउन नाटक प्रदर्शन

शिक्षामा अभिभावकको भूमिका बढाउन नाटक प्रदर्शन

प्रकाशित मिति:

अभिभावकलाई शिक्षाको महत्व बोध गराउन बालबालिकाले नाटक प्रदर्शन गरेका छन् । कपिलबस्तुको मायादेवी गाउँपालिका–१ पकडिमा रहेको श्री छत्रपालि तीर्थादेवी माध्यमिक विद्यालयमा गठित तीर्थादेवी बालक्लबका बालबालिकाले एक कार्यक्रमबीच शुक्रवार नाटक प्रर्दशन गरेका हुन् ।

नाटकमा अभिभावकको शिक्षाप्रतिको चासो कम हुनुले वालबालिकाको विकासमा पर्ने असरका विषयमा सचेतना गरिएको छ । बालबालिकाले आफैले तयार गरेको नाटकले शिक्षाको महत्व तथा वालविवाह रोकथामलाई मुख्य विषयवस्तु बनाएर सचेतना गरेका थिए । बालबालिकाको अभिनय र कलाले सरोकारवालालाई बालअधिकारको संरक्षणमा जुट्न प्रेरणा दिएको थियो । विद्यालयमा गठित वालक्लवले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न साक्षरता कक्षा संचालन गर्दै अभिभावक समक्ष आफनो प्रतिभा नाटक मार्फत प्रस्तुत गरेका थिए । नाटकले वालबालिकाको आन्तरिक प्रतिभा प्रस्फुटन गर्न सहयोग पुगेको क्लवकी अध्यक्ष विन्द्रावती प्रजापतिले बताउनुभयो ।

कार्यक्रममा विद्यालयका प्रद्यानाध्यापक नरेन्द्र बहादुर कुर्मीले वालक्लवले देखाएको नाटकले समाजको गलत परम्परालाई हटाउदै शिक्षा प्रतिको जागरुकता बढाउन टेवा पुगेको बताउनु भएको छ । ग्लोवल एक्सन नेपालले वालवालिकाको सिकाईलाई मजबुत गराउदै उनीहरुको प्रतिभा प्रस्फुटित गराउन महत्वपूर्ण भुमिका खेलेको प्रति प्रसंशा गर्दै प्रद्यानाध्यापक कुर्मीले भन्नुभयो–‘आगामी दिनमा विद्यालयमा बालबालिका मार्फत रचनात्मक कार्यलाई अगाडी बढाइनेछ ।’

कार्यक्रममा शिक्षा फोकल पर्सन रामनरेश प्रसाद कोहारले वालक्लबले वालवालिका र अभिभावकको बीचको सम्बन्धलाई बोध गराउन नाटक मार्फत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै वालसंरक्षण फोकल पर्सन सरस्वती उपाध्याय पन्थीले कपिलबस्तुको दक्षिणी क्षेत्रका अभिभावकहरु छोरीहरुको शिक्षामा बढि जिम्मेबार बन्नुपर्ने बताउनुभयो ।

तीर्थादेवी बालक्लबको आयोजना तथा कपिलबस्तुमा समता र पहुँचका लागि साझेदारी परियोजनाको (पिक) सहयोगमा संचालित साक्षरता कार्यक्रममा बालक्लवका सदस्य, विद्यार्थी, अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण ग्लोवल एक्सन नेपालकी श्रोत प्रशिक्षकले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार