गृहपृष्ठ खबर सार्वजनिक सम्पत्ती संरक्षणको दायित्व स्थानीयको पनि हो ः मन्त्री गिरी

सार्वजनिक सम्पत्ती संरक्षणको दायित्व स्थानीयको पनि हो ः मन्त्री गिरी

प्रकाशित मिति:

प्रदेश पाँच उद्योग पर्यटन बन तथा वातावरण मन्त्री लिला गिरीले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सरकारको मात्रै नभएर त्यसमा स्थानीयको महत्वपूर्ण भूमिका रहने बताउनु भएको छ । उहाँले सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयबाट भएका काममा सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । सार्वजनिक सम्पत्तिको संरक्षण तथा आन्तरिक पर्यटन प्रवद्र्धनकालागि तिलोत्तमा नगरपालिकाको वडा नं. १० मा स्थापित बेवरी ग्रीन पार्क संरक्ष्ण केन्द्रको शनिबार आयोजित तेस्रो साधारण सभामा बोल्दै मन्त्री गिरीले उक्त संस्थाले अंगाडी सारेका योजना सहित पूर्वाधार निर्माणकालागि प्रदेश सरकारले सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । उक्त संस्थाले संरक्षण सुरु गरेको सार्वजनिक जग्गामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य सहित ग्रीन पार्कको गुरुयोजना अंगाडी सारेको छ । जसमा त्यस क्षेत्रको सार्वजनिक जग्गामा बाउन्ड्री सहित कार्यालय भवन, वाटर फाउन्टेन, चिल्ड्रेन पार्क, बृक्षा रोपण लगायतका पूर्वाधार निर्माण गर्ने अध्यक्ष दिलसिंह थापाले जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले संस्थाले निर्माण गरेको गुरुयोजना अनुसार नगरपालिकाले पनि आर्थिक सहयोग गर्ने बताउनु भयो । संस्थाका प्रमुख सल्लाहकार समाजसेवी कृष्णप्रसाद पौडेलले अहिले ग्रीन पार्कको रुपमा रहेको सार्वजनिक जग्गा व्यक्तिले हडप्ने प्रपन्च हुन थालेपछि सार्वजनिक जग्गा संरक्षणकालागि समिति बनाएर स्थानीय व्यक्तिहरुकै अग्रसरतामा समिति गठन भएको र त्यसैको परिणाम अहिले ग्रीन पार्कको सुरुवात भएको बताउनु भयो ।

सम्बन्धित् समाचार