गृहपृष्ठ खबर दार्चुलामा घरमा आगो लगाएर श्रीमतीको हत्या !

दार्चुलामा घरमा आगो लगाएर श्रीमतीको हत्या !

प्रकाशित मिति:

दार्चुलाको नौगाडा गाउँपालिका–२, भैंसीमेलामा एक जना व्यक्तिले आफ्नै घरमा आगो लगाउँदा श्रीमतीको मृत्यु भएको छ ।

गएराति स्थानीय ३० वर्षीय शेरबहादुर बडालले घरमा आगो लगाउँदा श्रीमती विन्द्रा बडालको मृत्यु भएको हो ।प्रारम्भिक अनुसन्धानमा शेरबहादुरले मादक पदार्थ सेवन गरेर घरमा आगो लगाएको देखिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।

घरमा उनका बुबा, आमा र ३ जना छोराछोरी पनि बस्थे । उनीहरु भने सकुशल छन् ।

‘घटनामा कसरी विन्द्राको मात्रै मृत्यु भयो भन्नेबारे अनुसन्धान थालेका छौं’, दार्चुलाका एक प्रहरी अधिकृतले अनलाइनखबरसँग भने ।

प्रहरीले घरमा आगो लगाउने शेरबहादुरलाई पक्रेको छ । परिवारका अन्य सदस्यसँग पनि सोधपुछ भइरहेको प्रहरीले बताएको छ

सम्बन्धित् समाचार