रुपन्देहीको सैनामैनामा शनिबार राति भएको सवारी दुर्घटनामा मृत्यु हुने दुईजनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा दाङ लमही वडा नं ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भिमलाल भट्टराईले जानकारी दिए । उनीहरुको उमेर २५ देखि ३० वर्ष बीचको रहेको अनुमान छ ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत सैनामैना नगरपालिका-६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जांदै गरेको ना७ख ५९४८ नम्बरको बसले लु८प ८४७५ नंंम्बरको मोटरसाइकललाई ठक्कर दिंदा उनीहरुको मृत्यु भएको थियो ।
दुर्घटनापछि मोटरसाइकलमा आगो लागेर दुबैजनाको शरीर जलेको थियो । बस र चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले नियन्त्रणमा लिएको छ ।