गृहपृष्ठ खबर महिला शशक्तिकरण सम्बन्धी अभिमुखिकरण मायांदेबीमा कार्यक्रम सम्पन्न

महिला शशक्तिकरण सम्बन्धी अभिमुखिकरण मायांदेबीमा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

मायांदेबी गाउंँपालिका द्वारा बिनियोजित लक्षित बजेट बाट महिलाहरुलाई शसक्तिकरण बनाउने र सधै चुलोचौकोमा मात्र सिमित रहेका महिलाहरु केहि सिप सिकेर आत्म निर्भर बन्न सकुन भन्ने उद्देश्यले वडा स्तरिए शसक्तिकरण अभिमुखीकरण तालिम संचालन गरिएको हो । गाउंपालिकाका ८ वटा वडाका २५÷२५ जना महिलाहरुलाई उक्त तालिममा सहभागीता बनाईएको थियो ।
तालिममा सहभागीताको नारा लगाएर महिला सहभागी गराएता पनि महिलाको सहभागीता उपस्थितीमा मात्र सिमित रहेकोले महिलाहरु पदमा बसेर जिम्मेबार रहेर आफनो काम कर्तव्य जिम्मेवारी पुरा गरि अधिकारको सदुपयोग गर्नुपर्ने, आफुले गर्न सक्नेकाम गरि निर्णयात्मक क्षमतामा बृुद्धि गर्नुपर्ने , बिभिन्न सिप मुलक तालिमहरुमा सहभागि भई आत्मनिर्भरका सिपहरुको उत्पादन गर्नुपर्ने लगाएतका बिषय माथि छलफल गरिएको थियो ।
त्यस्तै वडाका वडा अध्यक्षहरुले बिभिन्न समिती गठन गरेर महिलाहरुलाई सहभागी गराएता पनि उनीहरु बैठकमा नआउने, पद र जिम्मेवारी दिएता पनि पुरा गर्न नखोज्ने पछाडी हट्ने भएकाले महिलाको क्षमतामा सोचे जस्तो बिकाश नभएकोमा दुख व्यक्त गरे । सो तालिममा दक्षिण भेगका अधिकांस महिलाहरुमा अझै पनि धेरै कुराको निर्णय गर्न नसक्ने , खुलेर बाहिर आउन नसक्ने, आफना समस्या भन्न नसक्ने तथा जिम्मेबारी बाट पछि हट्ने भएकाले महिलाहरुको चेतनामा बृद्घि नभएको बताए ।
सहभागि महिलाहरुले बर्षमा १ दिन दिने तालिम बाट आफूहरु शसक्तिकरण हुन नसकिने बताएका छन् । उनिहरुले यस्ता खाल्का तालिम कम्तीमा त्रैमासिक रुपमा संचालन गरिदिए केहि कुराहरु सिक्ने थियौ की भन्ने गुनासो समेत पोखेका थिए । तालिमको सहजीकरण शुसिला बेल्बासे, पार्वती आचार्य र सुनिल आचार्यले गरेका थिए ।कार्यक्रम गाउंपालिका तथा वडाका स्थानिय सरोकारवालाहरु संगको समन्वयमा संचालन गरिएको थियो ।
उक्त तालिम सक्रिय सेवा समाज कपिलबस्तुको आयोजना तथा मायादेबि गाँउपालीकाको सहयोगमा सम्पन्न तालिममा वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, वडा सचिबहरु , सामाजिक परिचालकहरु, निगरानी समितीका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार