नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले पुस्तक आयातमा भन्सार लगाएर ज्ञानमा नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले भने, ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्नु र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्धेश्यले यस्तो व्यवस्था गरिएको हो ।’
आर्थिक वर्ष ०७६/७७ को बजेटमा विदेशमा प्रकाशित पुस्तकमा लगाइएको १० प्रतिशत भन्सारको विरोध गर्दै थापाले यस्तो धारणा राखेका हुन । भन्सार लगाउँदा स्वदेशी मुद्रण उद्योग र राजस्व संकलनमा टेवामा पुग्छ भन्ने कुरा सही नभएको सांसद थापाको भनाइ छ ।वै