गृहपृष्ठ खबर आइकन्स अफ कपिलवस्तुको उपाधि पुजन र समिक्षालाई

आइकन्स अफ कपिलवस्तुको उपाधि पुजन र समिक्षालाई

प्रकाशित मिति:

आइकन्स अफ कपिलवस्तु २०७६ को फिनाले सम्पन्न भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ बैरिया स्थित मायादेवि रिर्सोटमा आइकन्स अफ कपिलवस्तुको फिनाले सम्पन्न भएको हो । फिनालेमा आइकन्स अफ कपिलवस्तुको उपाधि युवा तर्फ पुजन मल्ल र युवति तर्फ समिक्षा भुसालले पाइन । अन्य ७ जनालाई पछि पार्दै मल्ल र भुसाल बिजयी भएको आयोजक एएनएस ग्रुपका निर्मल शर्माले बताए । फिनालेमा सय बढिको सहभागिता रहेको थियो । कार्यक्रममा शसस्त्र प्रहरी बलका बाबुराम गैरे, होराइजन माविका बासुदेव घिमिरे, सिद्धार्थ क्याम्पसका स्ववियु सभापति शुसिल खत्री, पत्रकार अशोक पौडेल लगायतको सहभागिता रहेको थियो । जेठ २ गते अडिसन सुरु भएको एएनएस ग्रुपकै सुशील आर्चायले बताए । एएनएस ग्रुपको ब्राण्ड मेम्बरका रुपमा आदेश शर्मा र सफल श्रेष्ठ रहेका छन ।

विजेता पुजन मल्ल

विजयी समिक्षा भुसाल

सम्बन्धित् समाचार