कपिलवस्तुको वाणगंगा नगरपालिकाको मोतीपुरमा एक युवा माथि खुकुरी प्रहार भएको छ । बाणगंगा नगरपालिका वडा नं. ७ मोतीपुरमा खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट सोही स्थानका अमृत थारु घाइते भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । सामान्य विवाद हुँदा थारु माथि बुद्धिराम सुनारले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट थारूको टाउको र दाहिने कुममा गहिरो चोट लागेको छ घाइते थारूलाई उपचारको लागि रुपन्देही पठाईएको प्रहरीले बताएको छ । खुकुरी प्रहार गर्ने सुनार प्रहरीको नियन्त्रणमा छन् ।