कपिलबस्तुको बुद्धभुमि नगरपालिकाले “खुसी नगरबासी संमृद्ध बुद्धभुमि″ भन्ने मुलनाराका साथ पाँचौ नगर सभा आइतबार गोरुसिंगेमा एक समारोहका बीच सम्पन्न भएकोे छ । नगर सभाले सामाजिक बिकासलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७६ ∕ ०७७ को नीती कार्यक्रम तथा बजेट प्रस्तुत गरेको हो ।
नगर प्रमुख केशब कुमार श्रेष्ठले नगरसभामा प्रस्तुत गरेको बजेटमा सामाजिक बिकास तर्फ ५१ दशमलब ३४ , भौतिक पुर्बाधार बिकासमा ४० दशमलब ६६ प्रतिशत बजेट छुट्याइको छ । त्यस्तै बन बाताबरण तथा विपद् ब्यबस्थापनमा २ दशमलब ८२ प्रतिशत र आर्थिक बिकासमा ३ दशमलब ७४ प्रतिशत बजेट छुट्याइएको छ ।
नगरसभामा नीती कार्यक्रम तथा बजेट पेश गर्दै नगर प्रमुख श्रेष्ठले यस नगरपालिकालाई समृद्ध , सबल , बिकसित र सुन्दर बनाउनका लागि पशुजन्य , कृषि जन्य, माछा र खाद्य सामाग्रीहरुको उत्पादनमा आत्म निर्भरताको दिशा तर्फ उन्मुख बनाउने लक्ष्य लिएको बताए । निर्शत र शर्सत सामाजिक सुरक्षा समेत गरी ८६ करोड ६६ लाख उन्चालिस हजार रुपैंयाँ आएकोमा नगरपालिकाले बजेट कार्यान्वयनका लागि बुद्धभुमि नगरपालिकाको बिनियोजन ऐन २०७६ समेत नगरसभाबाट सर्बसम्मत पारित गरेको छ ।
ऐतिहासिक सांस्कृतिक पुरातात्वीक महत्व बोकेको बुद्धभूमी नगरपालिकालाई नेपालका अन्य नगरपालिकाको तुलनामा विशिष्ठ सांस्कृतिक मूल्य मान्यता र नदी नाला, वन जंगल, ताल तलैया, समेतको स्रोत साधन सहित विकासको ठूलो सम्भावना बोकेको नगर भएकोले यसलाई आर्कषणको केन्द्रबिन्दु बनाउन बजेट विनियोजन गरिएको नगर प्रमुख श्रेष्ठकोे भनाई रहेको छ ।
आर्थिक रुपमा विपन्न तथा सामाजिक रुपमा पछाडी परेका र पारिएका वर्ग एवं समूदायले प्रत्यक्ष फाइदा पाउने आयोजना अन्तर्गत शुद्ध खानेपानी वितरण, लगायतका संविधानले दिएका अधिकार भित्र नगरपािलका स्थानीय तहलाई क्रियाशिल बनाउँदै अगाडी बढ्ने उल्लेख गरिएको छ ।
नगरपालिकाको आर्थिक वर्ष ०७६।७७ को प्रस्ताव नीति तथा कार्यक्रम अन्तर्गत आन्तरिक आय र राजश्व परिचालन, आर्थिक विकास समिति, वन वातावरण उर्जा तथा विपद् व्यावस्थापन, सामाजिक विकास, भौतिक पूर्वाधार तथा स्थानीय विकास लगायतका विषयमा श्रेष्ठले बजेट विनियोजन गरिएको बताए।
नगर प्रमुख केशवकुमार श्रेष्ठको अध्यक्षता रहेको सो कार्यक्रममा २०७६ ।७७ को विधेयक खुमानन्द न्यौपानेले प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत एवं सम्पूर्ण कर्मचारीहरु, कार्यपालिकाका सदस्यहरु, वडा अध्यक्षहरु, वडा सदस्यहरु, समाज सेबी बुद्धीजिवी पत्रकार लगायतकोे उल्लेख्य सहभागिता रहेको थियो ।