गृहपृष्ठ Featured कपिलवस्तुमा टिप्परको ठक्करबाट एकजना घाइते

कपिलवस्तुमा टिप्परको ठक्करबाट एकजना घाइते

प्रकाशित मिति:

कपिलवस्तुमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.०३ डेरूवा चौराहा स्थित तौलिहवा बाट गोरूसिंगे तर्फ जाँदै गरेको बा ३ ख ६२९३ नं.को टिप्परले विपरीत दिशाबाट आउदै गरेको लु.५१ प २९३२ को नं.मोटर साईकल लाई ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका हुन् ।

घाइते हुनेमा कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं.९ चेतरादेई बस्ने अन्दाजी २८ बर्षका रामजी केवट रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।केवटको अनुहारमा चोट लागेको छ भने बायाँ खुट्टा भाचिएको छ उनलाई उपचारको लागी जिल्ला अस्पतालमा कपिलवस्तु लागेको र त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर गरिएको छ । टिपर र टिपर चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार