गृहपृष्ठ Featured कपिलवस्तुमा टिप्परको ठक्करबाट एकजना घाइते

कपिलवस्तुमा टिप्परको ठक्करबाट एकजना घाइते

कपिलवस्तुमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं.०३ डेरूवा चौराहा स्थित तौलिहवा बाट गोरूसिंगे तर्फ जाँदै गरेको बा ३ ख ६२९३ नं.को टिप्परले विपरीत दिशाबाट आउदै गरेको लु.५१ प २९३२ को नं.मोटर साईकल लाई ठक्कर दिँदा मोटरसाईकल चालक घाइते भएका हुन् ।

घाइते हुनेमा कपिलवस्तु बुद्धभुमि नगरपालिका वडा नं.९ चेतरादेई बस्ने अन्दाजी २८ बर्षका रामजी केवट रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।केवटको अनुहारमा चोट लागेको छ भने बायाँ खुट्टा भाचिएको छ उनलाई उपचारको लागी जिल्ला अस्पतालमा कपिलवस्तु लागेको र त्यहाँ सामान्य उपचार पश्चात थप उपचारको लागी बुटवल रिफर गरिएको छ । टिपर र टिपर चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित् समाचार