गृहपृष्ठ खबर विजयनगरमा १५ दिने डल कुसन निर्माण कार्य सम्पन्न

विजयनगरमा १५ दिने डल कुसन निर्माण कार्य सम्पन्न

प्रकाशित मिति:

विजयनगरमा सञ्चालित १५ दिने डल कुसन निर्माण कार्य सम्पन्न भएको छ । गाउँपालिकाको वडा नं. ६ प्रेमनगर भटनीको सिर्जनशील युवा क्लबको भवनमा भएको हो । उक्त कार्यक्रममा गाउँपालिकाको सबै वडाबाट गरी १५ जना किशोरीहरुलाई सहभागी गराईएको थियो ।

किशोरीहरुको सीप र क्षमता अभिबृद्धिको विकासको साथै जिविकोपार्जन गर्न सहज होस् भन्ने उद्धेश्यले सो कार्यक्रमलाई सञ्चालनमा ल्याईएको थियो ।

कार्यक्रमा बोल्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले डल कुसन कार्य महिलाहरुले घरको कामसँगै व्यवसायिक रुपमै अगाडी सार्न सक्ने भएकाले अति उपयुक्त सीप भएको बताउनु भयो ।
डल कुसन कार्यलाई निरन्तरता दिए स्वरोजगारमुखी बन्न सक्ने कुरामा थापाले जोड दिनुभयो ।

यस्तै कार्यक्रमलाई सम्बोदन गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले डल कुसन निर्माण कार्यमा किशारीहरु सत्रियताका साथै मिहिनेतपुर्वक लागेर सीप सिक्नु भएका सम्पूर्ण सहभागीहरुलाई धन्यबाद दिदै आफ्नो अमुल्य समय दिएर सिकेको सीप र क्षमतालाई सदुपयोग गर्न अनुरोध समेत गर्नु भयो ।

कार्यक्रम गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाको प्रमुख अतिथ्यता,उपाध्यक्ष लक्ष्मी चौधरीको विशिष्ट अतिथ्यता,श्रृजनशील युवा क्लबका अध्यक्ष अग्नी प्रसाद सापकोटाको अध्यक्षता र राम प्रघट कोरीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार