गृहपृष्ठ Featured बाणगंगा नदिकाे दाेहनले बर्खामा झारा लगाएर बाध सार्न बाध्य

बाणगंगा नदिकाे दाेहनले बर्खामा झारा लगाएर बाध सार्न बाध्य

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नदिमा नदि जन्य पदार्थको उत्खननले बर्खामा कृषकले समस्या भोग्न बाध्य भएका छन । नदिमा नदि जन्य पदार्थको उत्खननले गहिरो भएपछि कृषकले बर्षेनि बाध सार्न बाध्य भएका हुन । बाणगंगा नदि अन्र्तगत कोपवा, अमौली, भक्लापुर, बैदौली क्षेत्रका कृषकले बर्षेनि बर्खामा झारा लगाएर बाध सार्ने गरेका छन । सो क्षेत्रका गाउलेलाई धानमा पानी लगाउन बाणगंगा नदिमा निर्भर पर्नु पर्ने बाध्यता रहेको छ । बाणगंगा नदि बर्षेनि गहिरिदै गएकाले पानी ठुलो बाडि नआउदासम्म बाणगंगा पल तलका गाउमा नजादा समस्या भएको कोपवाका कृषक राम लखन थारुले बताए ।
बिगका बर्षमा गाउमा पानी लैजान बाणगंगा पुलभन्दा करिव १ किलोमिटर तल बाध लगाएका कृषक हाल आएर बाणगंगा पुलमुनि बाध लगाई सिचाई सुविधा भोग्न बाध्य भएका हुन । गाउमा हाक लगाई झाराका लागी कृषकलाई बोलाएपछि बढघरको नेतृत्वमा काम हुने गाउलले बताए । नदिजन्य पदार्थ निकासि हुदा नदि गहिरिने र ठुलो बर्षा नभएसम्म पुल तलका गाउमा पानी नजाने भएकाले बाध बनाएर एकतर्फी नदिबाट पानी पु¥याउन झारा लगाउने गरिएको छ । उनीहरुले जगंलबाट झाला काटेर एकतर्फीबाट बाध बनाउने र त्यस माथि ढुङ्गगा राखेर बलियो बनाउने गरेको स्थानिय युवा मोहन बेल्बासेले बताए । उता ठुलो पानी आउदा पनि झारा लगाएर बनाएको बाध बगाएर लैजाने गरेको छ ।

सम्बन्धित् समाचार