गृहपृष्ठ खबर वाणगंगाकाे वडा नम्बर ११ मा बजेट तयारी सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

वाणगंगाकाे वडा नम्बर ११ मा बजेट तयारी सम्बन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

आर्थिक वर्ष २०७६÷०७७ को नीति कार्यक्रम तथा बजेट तयारी सम्बन्धि सुझाव संकलन कार्यक्रम आज वाणगंगा ११ हथौसामा सम्पन्न भएको छ । वाणगंगा नगरपालिका वडा कार्यालय वडा नम्बर १ को आयोजनामा सम्पन्न कार्यक्रममा सहभागीहरुले अब घर निर्माण पूर्व वडा कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गर्न, ओदारीमा शहरी क्लीनीक स्थापना गर्न, लक्षित वर्गका कार्यक्रम आवश्यक छलफल गरेर मात्रै गर्न, विद्यालय क्षेत्रको प्रगतिका लागि सफ्टवोयर खरिद, सिसिटिभी, मल्टीमिडिया, स्मार्टबोर्ड, प्रोजेक्टर खरिद, एल सिडी खरिदका लागि आर्र्थिक सहयोग गर्न, विद्यार्थीहरु र महिलाहरुका लागि सीपमुलक तालिमहरु सञ्चालन गर्न सुझाव दिएका थिए ।

कार्यक्रम वडा अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षता, नेकपा नेताहरु कमल चुँदाली, डम्मर शर्मा, कांग्रेश नेताहरु रवि बहादुर काफ्ले, हुमनाथ अधिकारी, वडा सदस्यहरु अब्दुल लयन शाहा, शारदा केसि लगायत विभिन्न टोल विकास संस्थाको अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति तथा वडा सचिव मदन घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको वडा कार्यालयले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष सोमनाथ अर्यालले संख्याका हिसाबले वडा नम्बर ११ नगरपालिकाको अन्तिम वडा भए पनि यस वडालाई हरियालीका हिसाबले समृद्धिका हिसाबले नगरको पहिलो वडा बनाउने घोषणा गर्नुभयो ।

सम्बन्धित् समाचार