गृहपृष्ठ खबर महाराजगञ्ज नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न । रु ८५ करोड २३ लाख ४७ हजार बराबरको बजेट विनियोजन।

महाराजगञ्ज नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न । रु ८५ करोड २३ लाख ४७ हजार बराबरको बजेट विनियोजन।

प्रकाशित मिति:

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ को लागि रु ८५ करोड २३ लाख ४७ हजार बराबरको बजेट विनियोजन गरिएको नगर प्रमुख अब्दुल कलामले जानकारी दिनुभयो ।

नगर प्रमुख कलामले स्थानीय तहले आफ्नो कार्यकालको दुई बर्ष पूरा गर्न लागेको समयमा आफ्नो क्षेत्रको वास्तविक अवस्थाको विश्लेषण गर्दै दोश्रो पटक निर्माण भएको योजनाको कार्यान्वयनमा विभिन्न बाधाहरुलाई पार गर्दै अगाडि बढिरहेको बताउनुभयो ।

सबैको सक्रियतामा नगरको पाँचौं नगर सभाले परित गर्ने तेस्रो नगर विकास योजना कार्यान्वयनमा थप मद्दत पुग्ने कलामले विश्वास व्यक्त गर्नुभयो । नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख कलामले शुशासन तथा संस्थागत विकास अन्तर्गत आगामी आर्थिक वर्षमा सबै वडाहरुमा सर्वसाधारणले प्राप्त गर्ने सेवा, प्रक्रियया, लाग्ने समय र दस्तुर समेत उल्लेख गरी नागरिक वडापत्र राखिने बताउनुभयो ।

त्यस्तै वडालाई इन्टरनेट सञ्जालमा जोड्ने कार्यसमेत अगाडि बढाइएको बताउनुभयो । त्यस्तै सेवामैत्री संरचना तथा सेवाग्राहीमैत्री व्यवहार मार्फत गुणस्तरिय सेवा प्रवाहलाई मुलमन्त्रका रुपमा अवलम्बन गरी लेखा प्रणालीलाई अनलाइन मार्फत सञ्चालन गरिएको छ । साथै योजना प्रणालीलार्इ सफ्टवेयरमा आधारित गर्न आवश्यक व्यवस्था मिलाइएको बताउनुभयो ।

भ्रष्टाचारजन्य क्रियाकलापप्रति शुन्य शहनशिलताको अवधारणा मार्फत सुशासनको प्रत्याभुति प्रदान गरिन बताइएको छ । सामाजिक विकास अन्तरगत नेपालको संविधानले व्यवस्था गरे अनुरुप माध्यामिक तहसम्मको शिक्षालाई निःशुल्क गरिने र र्इटा भट्टामा रहेका बालबालिकालाई शिक्षा स्वास्थ्यको लागि आवश्यक कार्यक्रम लागू गरिएको उहाँले बताउनभयो ।

महाराजगञ्ज नगरपालिकामा कृषि विकासतर्फ रु ४० लाख, पशु विकासतर्फ रु १६ लाख ५० हजार, पर्यटन विकास तर्फ रु ७८ लाख, सामाजिक विकास तर्फ शिक्षा तर्फ रु १ करोड ८६ लाख ७६ हजार, स्वास्थ्य तर्फ रु ३ करोड २२ लाख ९४ हजार, खानेपानी तथा सरसफाई तर्फ रु १ करोड १ लाख, खेलकुद तथा मनोरन्जनतर्फ रु १० लाख विनियोजन गरिएको छ ।

त्यस्तै सामाजिक विकास अन्तरगत लैगिक समानता तथा सामाजिक समावेशिकरण तर्फ रु २६ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता तर्फ रु ९ करोड, बहुक्षेत्रिय पोषणतर्फ रु १८ लाख ८७ हजार विनियोजन गरिएको हो

सम्बन्धित् समाचार