गृहपृष्ठ Featured शिवराज नगरपालिकाको पाचौ नगर सभा सम्पन्न ।। नगरले कृषि सुधारको लागी कृषि अनुदानलाई थप व्यावस्थित गर्ने।

शिवराज नगरपालिकाको पाचौ नगर सभा सम्पन्न ।। नगरले कृषि सुधारको लागी कृषि अनुदानलाई थप व्यावस्थित गर्ने।

प्रकाशित मिति:

कपिलवस्तुको शिवराज नगरपालिकाको पाचौ नगर सभा सम्पन्न भएको छ । सभाले शिवराज नगरपालिकाको आधार कृषि उद्योग पर्यटन र पुर्वधार भन्ने मुला नाराका साथ आगामी आर्थिक वर्षका निति तथा कार्यक्रमहरु पारित गरेको छ । निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख शिवकुमारी थारुले  शिवराज नगरपालिका एक एतिहासिक नगरपालिका रहेकोले यस नगरले कृषि र पर्यटनलाई जोड दिइएको वताइन ।

नगरले कृषिका सुधारको लागी कृषि अनुदानलाई थप व्यावस्थित गर्दै लक्षीत वर्गको पहुचलाई शुनिश्चित गर्ने गरि कार्यक्रम ल्याएको जनाइएको छ । सिचाईको लागी डिप वोरिङ निमार्ण गरि सिचाई सेवालाई विस्तार गर्ने योजना अघि सारीएको छ । नगरपालिकाले उत्कृष्ट कृषकहरुलाई पुरस्कार र क्षमता अभिवृद्धीको लागी तालिम आयोजना गर्ने भनिएको छ । पशु तर्फ गोठ देखी ओठ सम्म स्वस्थयकर दुध कार्यक्रम संचालन गरि भकारो कार्यक्रमलाई प्राथमिकतामा नगरपालिकाले राखेको छ । त्यस्तै पर्यटनको विकासको लागी शिवगढी मन्दिर र सोनवागढ क्षेत्रको विकासको लागी गरुयोजना निमार्ण गर्ने निति तथा कार्यक्रममा समावेश गरीएको छ ।

सम्बन्धित् समाचार