नेकपा प्रदेश नं. ५ का सचिव जगलाल शर्माले जनप्रतिनिधी र पार्टीका कार्यकर्तालाई आफ्नो भूमिका जनतामुखी बनाउन आग्रह गर्नु भएको छ । नेकपा कपिलवस्तुको दोस्रो पूर्ण वैठकलाई तौलिहवामा आज सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो । प्रमुख अतिथी शर्माले जनतासंग एकाकार भएर पार्टी गतिविधी संचालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले पार्टी विधी, पद्धतीका आधारमा संचालन हुने कुरामा कार्यकर्तालाई विश्वस्त हुन आग्रह समेत गर्नु भयो । वैठकमा नेकपाका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले समृद्ध राष्ट्र निर्माणको महत्वपूर्ण कार्यभार पुरा गर्ने दायित्व सिंगो पार्टी पंक्तिको रहेको चर्चा गर्नु भयो । त्यस्तै केन्द्रिय सदस्य बिमला घिमिरेले जनप्रतिनिधी र पार्टी बीचको मजवुद सहकार्यबाट मात्र जनचाहना अनुरुप कार्य गर्न सम्भव रहेको धारणा राख्नु भयो ।
नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नेतृत्वले सबै पार्टी कार्यकर्ताको मनोभावना अनुरुप जिम्मेवारी प्रदान गरेको बताउदै क्षमता, योगदानका आधारमा सबै कार्यकर्तालाई जिम्मेवारी प्रदान गर्ने स्पष्ट पार्नु भयो ।
निकै महत्वपूर्ण मानिएको नेकपा कपिलवस्तुको दोस्रो पूर्ण वैठकले कार्य विभाजन गरेको छ ।
वैठकले झविलाल पोख्रेल संयोजक र रामचन्द्र शाह, डम्मर प्रसाद शर्मा, धर्मराज भुसाल, कोपिल खनाल सदस्य रहेको ५ सदस्यि जिल्ला पार्टी कार्यालय गठन गरेको छ । सोही वैठकले ५१ सदस्यि जिल्ला सचिवालय गठन गर्नुका साथै विभागिय प्रमुख, पार्टीको क्षेत्र, प्रदेश, नगर, वडा तहका इन्चार्ज, सहइन्चार्जको जिम्मेवारी समेत प्रदान गरेको छ नेकपा कपिलवस्तुका सचिव रामचन्द्र शाहले जानकारी दिनु भयो । वैठकमा पार्टीका स्थानिय तहका अध्यक्षहरुले कार्य प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वैठकले यही २०७६ साल श्रावण १० गते भित्र सबै पार्टी सदस्यहरुको सदस्यता नविकरण गर्ने निर्णय गरेको छ ।
केन्द्रिय, प्रदेश र जिल्ला तहका नेता कार्यकर्ताको आतिथ्यता रहेको जिल्लाको दोस्रो पूर्ण वैठकमा जिल्ला तहका नेताहरुको उत्साहजनक उपस्थिती रहेको नेकपा कपिलवस्तुले जनाएको छ ।
जनमुखी हुन नेता कार्यकर्तालाई नेकपा नेता शर्माको आग्रह
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअबदेखि ट्रायल पास गर्नेलाई रसिदमै फोटो र क्यूआर !
१९ घण्टा अघि