गृहपृष्ठ खबर अर्घाखाँचीमा जिप दुर्घटना १ को मृत्यु

अर्घाखाँचीमा जिप दुर्घटना १ को मृत्यु

प्रकाशित मिति:

सुशील गैरे ,अर्घाखाँचीको पोखेडाँडामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । अर्घा नौलापानी बाट सन्धिखर्क आउदै गरेको लु १ च ९४७७ नम्बरको डबल क्याप जिप पोखेडाँडामा दुर्घटना हुदाँ एक जनाको ज्यान गएको हो । सन्धिखर्क-९ नौलापानी निवासी बोम बहादुर चुँदालीको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका छन । प्रहरीले पुष्टि गर्न भने बाँकी छ । ३ जना सवार रहेको डबल क्यापमा अन्य २ जना घाइते भएका छन । जिप चालक झविन्द्र खत्री र अनिल जिसी घाईते भएका छन जसमध्ये जिप चालक झविन्द्रको अवस्था गम्भिर छ । घाइृते दुवैजनालाई उपचारका लागी जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको छ । जिप बाटोबाट करिब २ सय मिटर तल झरेको छ । दुर्घटनाको कारण भने आझै खुलेको छैन ।

सम्बन्धित् समाचार