गृहपृष्ठ खबर जनता मा.वि पिपराका शिक्षक सारुको निधन

जनता मा.वि पिपराका शिक्षक सारुको निधन

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ पिपरामा रहेको जनता मावि पिपराका एक शिक्षकको निधन भएको छ । बाणगंगाको बैरीयमा बस्दै आएका चक्र बहादुर शारुको असमाहिक  मृत्यु भएको हो । उनले बिद्यालयमा बिशेष क्षमता भएका बिद्यार्थीहरुलाई अध्यापन गराउने गरेका थिए । ३३ बर्षको उमेर भएको मृत्युले समाजमा बलेको  दियो निभेको बताउदै स्थानिय समाजसेवि बिरेन्द्र श्रेष्ठले बोल्न नसक्ने भएतापनि उनले गरेको काम सदैव बोली रहने उनले बताए ।

उनी २०७२ सालबाट जनता मावि पिपरामा श्रवणशक्ती कम भएका बिद्यार्थीलाई साकेंत्तिक भाषामा अध्यापन गराउदै आएका थिए । अत्याधिक रक्तश्राव भएपछि अस्पतालमा भर्ना भएका उनलाई रक्तश्राव कै कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । उनको निधनले बिद्यालयलाई ठुलो असर परेको बिद्यालयका प्रार्चाय रमेश पन्थीले बताए ।

सम्बन्धित् समाचार