गृहपृष्ठ मनोरञ्जन कपिलवस्तु सुपर ट्यालेन्टको फाईनल सम्पन्न

कपिलवस्तु सुपर ट्यालेन्टको फाईनल सम्पन्न

प्रकाशित मिति:

असार १४, २०७६

सुशिल गैरे कपिलवस्तु (गोरुसिङ्गे)  कपिलवस्तु सुपर ट्यालेन्टको फाईनल आज बुद्धभुमि नगरपालिकाको बडा नं २ गोरुसिङ्गेमा आवस्थित होटल मायाजमा सम्पन्न भएको छ ।
जे एस डान्स ग्रुपले स्थानीय भाषा संकृति कलाको संरक्षण गर्दै राष्ट्रिय स्तर सम्म पुर्याउने उदेश्यले आयोजना गरेको कपिवस्तु सुपर टयालेन्ट शनिबार भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।
नगरप्रमुख केशव कुमार श्रेष्ठले प्रमुख अतिथिको आसन बाट बोल्दै जे एस डान्स ग्रुपले स्थानीय कला संकृतिको जगेर्ना गर्न आयोजना गरेको राम्रो प्रयासको सम्मान गर्दै आगामी दिनमा स्थानीय स्तरमा कला भएर पनि कुनै ल्पेट फर्म नपाएर लुकेका कलाहरुलाई उजागर गर्दै राष्ट्रिय स्तर सम्म पुर्याउन महत्व पुर्ण भुमिका खेल्ने श्रेष्ठले बिस्वास व्यात्त गर्नु भयो ।
कपिलवस्तु सुपर ट्यालेन्टमा गायन र नृत्य बिधामा गराईएको थियो स्थानीय कालाकारहरुको उल्लेखनीय सहभागी रहेको यस प्रतिस्पर्धाको फाईनल सम्म आई पुग्दा गायन तर्फ ४ र नृत्य तर्फ १० जना बिच फाईनल शनिबार फाईनल भएको हो दुवै विधाका प्रतिस्पर्धाका बिजेतालाई नगद ५० हजार ट्रफी मेडल र प्रमाण पत्रले सम्मान गरीएको छ क्रमस द्धितिय त्रितिय र सान्त्वनालाई गायन तर्फ एल्बम रेकर्ड गर्न र नृत्य तर्फ म्युजिक भिडियोमा अवसर दिईने आयोजकले जानकारी दिएको छ ।

 

सम्बन्धित् समाचार