गृहपृष्ठ प्रदेश नं ५ बुद्धभुमिमा पनि धान महोत्सव

बुद्धभुमिमा पनि धान महोत्सव

प्रकाशित मिति:

सुशील गैरे कपिलवस्तु,
आज १५ असार अर्थात मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य दिन नेपालभर धान दिवस, धुमधामका साथ मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा कृर्षि हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।धानखेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरणू भन्ने नाराको साथ १६ औं राष्ट्रिय धान दिवस, बुद्धभूमी नगरपालिकाको वडा नं। ३, टाँकूमा पनी सम्पन्न भएको छ ।
कार्यक्रममा नगरप्रमुख केशव कुमार श्रेष्ठ ,वडा नं. ३ का अध्यक्ष विकास आचार्य,वडा नं.१ का अध्यक्ष तिलक बस्नेत लगाएतको उपस्थिति रहेको थियो । यसै अवसरमा नगर भित्रका ५ उत्कृष्ट किसानलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

सम्बन्धित् समाचार