गर्मी मौसम शुरु भएसगै उखुको जुसको ब्यापार यतिखेर बढिरहेको छ । बढदो गर्मीसगै जिल्लाका बजारका चोक र सडक छेउछाउमा उखु को जुस बेचेर व्यापारीहरु मनग्य आम्दानी गर्न थालेका छन । दिउसो तिर विभिन्न काम को लागि बजार तिर निस्कने मानिसहरु उखु जुस तर्फ बढी आकर्षित हुने गरेका छन । बिहानै देखी ब्यस्त देखिने उखु जुस ठेलाहरुमा राम्रै ब्यापार हुने गरेको उनीहरुले बताएका छन । कपिलवस्तुको बुद्धभुमी नगरपालिका इमिलिया बस्ने यमलाल पन्थीले नगरपालिकाको बुठ्ठी चोकमा उखुको जुस बेचेर राम्रो आम्दानी गर्न सफल भएका छन । उनले दैनिक रुपमा सय बढि उखुको जुस गिलासमा बेचेर हजार बढि आम्दानी गर्दै आएका छन । उनको घरमा एक छोरा र एक श्रीमति रहेका छन ।
ब्यवसायबाट सन्तुष्ट रहेको उनी बताउछन । मुलुकमा रोजगारीको अभावको कारण देखाएर सानो आम्दानीका लागि पनि बिदेशिने प्रवृति रहेकोमा दुखी हुँदै यही बसेर केही गर्न सकिन्छ भन्नका लागी बिगत दुई बर्षबाट उखुको जुसको ब्यापार गरेको बताए । उखुको रस स्वास्थ्यका लागी पनि फाइदा जनक भएकाले पनि स्थानिय उखुको रस पिउन आउने गरेको बताउदै बिशेष गरेर गर्मी याममा यात्राका क्रममा रहेकाहरु सवारी साधन रोकेर उखुको रस पिउने गरेको उनी बताउछन । बिदेशमा गएर चर्को घाममा दुख खेपेर काम गर्नु भन्दा यो काम निकै राम्रो भएको पन्थी बताउछन । काम नगर्ने, खाली घरमा बस्ने र कामको खोजीमा बिदेशतिर जाने प्रवृतिले यस्ता राम्रो आम्दानी हुने मसिना काममा नेपाली भन्दा भारतीयहरु बढी सक्रिय रहेका छन् । हाल जिल्लाको बाणगंगा नगरपालिका अन्र्तगत पनि पिपरा, बैरीया, चार नः, बोडगाउ, बनगाईमा उखुको रसको ब्यवसाय राम्रो चलेको छ । समय समयमा उखुको अभावका कारण समस्या हुने गरेको ब्यवसायी बताउछन ।
कपिलवस्तुमा उखुको जुसको ब्यापार बढ्यो
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसकियो १५औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी
७ घण्टा अघि
विराटनगरको बलिङ र ब्याटिङ दुवै फ्लप !
१० घण्टा अघि
उखु लोड भएको ट्याक्टर पल्टिँदा चालकको मृत्यु
१० घण्टा अघि
राष्ट्र बैंकप्रति मन्त्री अधिकारीले पोखे असन्तुष्टि
११ घण्टा अघि