गृहपृष्ठ राजनीति कांग्रेसको राष्ट्रिय जागरण अभियान महाराजगंजमा

कांग्रेसको राष्ट्रिय जागरण अभियान महाराजगंजमा

प्रकाशित मिति:

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पार्टी सुदृढिकरणका लागि देशव्यापी अभियान अन्तरगत कपिलवस्तु महाराजगंजमा जागरण अभियान सम्पन्न गरेको छ । ‘हिमाल, पहाड, तराई मधेस, नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान महाराजगंजमा भव्य रुपमा सम्पन्न भएको हो ।शनिवार नेपाली कागं्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्र्यले सरकारले गरेका ‘गलत कामकारबाही’लाई जनतामाझ लैजान र पार्टीलाई सुदृढिकरण गर्ने उद्देश्यले जागरण अभियान महाराजगंजमा ल्याएको बताउनु भयो ।

सभापती आचार्यले जागरण अभियानलाई सम्बोधन गर्दै पार्टीका नीति, सिद्धान्तबारे जनतालाई बुझाउन, विगतमा कांग्रेस नेतृत्वको सरकारले गरेका कामबारे जानकारी गराउन, वर्तमान सरकारको गलत कार्यबारे जानकारी गराउन लगायतका उद्देश्यले कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका पुर्व सभापती सुधाकर पाण्डेयले कांग्रेसको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे कार्यकर्तालाई जानकारी गराउनु भएको थियो । संघीय शासन ब्यवस्था बुझाउन कांग्रेसले जागरण अभियान सञ्चालन गरेको पण्डेयले बताउनु भयो । त्यस्तै जागरण अभियानलाई सम्बोधन गदै पुर्व सभापती राजेश आचार्यले सरकारले संघीय शासन प्रणाली अनुसारको काम नगरिरहेकाले जनतालाई संघीय शासन व्यवस्था के हो भन्ने बुझाउन हामी जनतामाझ आएको बताउनु भयो । यहाले कपिलवस्तुको विकासका लागि नेपाली कागँ्रेसले धेरै काम गरेको बताउनु भयो ।

कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तुका उपसभापति अब्दुल कलामले नेकपा सरकारको काम गराइकै कारण कांग्रेसप्रति जनाताको विश्वास फर्किएर आउने दाबी  गर्नु भयो ।आगमी चुनव काग्रेसमय हुने बताउनु भयो । ‘सरकारको काम गराइका कारण जनता निराश छन् त्यसकारण कांग्रेस प्रति जनताकोे विश्वास फर्किएर आउँने कलामले विश्वास व्यक्त गर्नु भयो ।

जागरण अभियानमा नेपाली काँग्रेसका जिल्ला सचिव प्रेम बहादुर रायमाझि, महेन्द्र पाठक,  जिल्ला सदस्य हुमाकान्त खनाल, भानुभक्ता बराल, योगेन्द्र कुमार केसी, युवा नेता गंगेश नाथ तिवारी, अजय थापा लगायतको सहभागीता रहेको थियो । जागरण अभियान महाराजगंजका सभापती निवर धुनियाको सभापतीत्व र नेपाली कागं्रेस कपिलवस्तुका सभापती तथा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्र्यको प्रमुख अतिथ्यितामा सम्पन्न भएको हो

सम्बन्धित् समाचार