गृहपृष्ठ राजनीति प्रधानमन्त्री बन्ने पालो प्रचण्डको : नेता गजुरेल

प्रधानमन्त्री बन्ने पालो प्रचण्डको : नेता गजुरेल

प्रकाशित मिति:

प्रधानमन्त्री बन्ने पालो प्रचण्डको : नेता गजुरेल

 सत्तारुढ दल नेकपाका नेता एवं सांसद हरिवोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले पार्टी र सरकार आलोपालो रुपमै चलाउने पुरानै सहमति भएको जिकिर गरेका छन् ।

‘यो कुरा त पहिलेदेखि नै मिडियामा आइरहेका कुरा हुन् । उहाँहरु दुबैले मिलेर नै पार्टी र सरकार चलाउनुहुन्छ । आलोपालोमा सहमति भइसकेको छ,’ उनले भने ।

साथै अब प्रधानमन्त्री बन्ने पालो प्रचण्डकै भएको पनि उनले दावी गरेका छन् । प्रधानमन्त्री केपी ओली विदेश भ्रमणमा रहेकै बेला प्रचण्ड अब प्रधानमन्त्री बन्नुपर्ने तर्क अन्य नेताहरुले पनि गरेका थिए ।

नेता गजुरेलले पार्टी एकता गराउन दुवै अध्यक्षको महत्वपूर्ण भुमिका रहेको स्मरण गरेका थिए । एकता प्रक्रिया चाँडै टुंगिने भन्दै उनले नेताहरुले अब बोल्ने तरिका पनि बदल्नुपर्ने उनको तर्क थियो ।

नयाँ बजेटबारे पनि उनले प्रतिक्रिया दिएका थिए । बजेटले कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनले गुनासो गरेका छन् । साथै शहिद परिवारलाई बजेटले न्याय नगरेको उनको टिप्पणी छ । रिपोर्टस् क्लबमा आयोजित एक कार्यक्रममा गजुरेलले यस्तो बताएका हुन् ।

सम्बन्धित् समाचार