गृहपृष्ठ Featured काफलवाली सम्मानित काफल बेचेरै मनग्य आम्दानि

काफलवाली सम्मानित काफल बेचेरै मनग्य आम्दानि

प्रकाशित मिति:

अर्घाखाँची जंगलको काफल बेचेर ७५ हजार रुपैयाँ कमाउन सफल काफलवाली , गीता खत्री सम्मानित हुनुभएको छ ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका –६ नरपानी उपल्लो जगात निवासी २२ वर्षीय गीता खत्रीले काफल बेचेरै ७५ हजार कमाउन सफल हुनु भएको हो ।

काफलवालीलाई शनिबार उपल्लो जगातमा भएको एक कार्यक्रममा सम्मान गरिएको छ ।

नरपानीको उपल्लो जगातमा सुरु गरिएको तुषारेपानी लिफ्टिङ खानेपानी योजनाको उद्घाटन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमलप्रसाद भुसालले उहाँलाई सम्मान गर्नुभएको हो ।

स्नातक तहमा अध्ययन गरिरहनु भएकी गीताले जंगलमा फलेको काफल सन्धिखर्क गोरुसिंगे सडकको नरपानीदेखि घुम्तीसम्मको क्षेत्रमा गाडीमा हिँड्ने यात्रुलाई बेचेर ७५ हजार रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको हो ।

गीता सन्धिखर्कको पाणिनी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

सम्बन्धित् समाचार