गृहपृष्ठ Featured सेलिब्रिटी उपप्रमुखद्वारा सरकारी गाडी दुरुप्रयोग

सेलिब्रिटी उपप्रमुखद्वारा सरकारी गाडी दुरुप्रयोग

प्रकाशित मिति:

जिल्लाका अधिकांस स्थानिय तहका जन प्रतिनिधी सुबिधाभोगी भई सरकारी सवारी साधनको दुरुपयोग गर्न थालेको भेटिएको छ । कपिलवस्तु बहुमुखी क्याम्पसमा बिएड तेस्रो बर्षको नेपाली बिषयको परिक्षा दिन आएकी सञ्चार माध्यमले सेलिब्रिटीको उपमा दिएकी शिवराज नगरपालिकाकी उपप्रमुख शिव कुमारी थारुले सरकारी गाडीको दुरुपयोग गरेकी छन । शिवराज नगरपालिकाको नेपाल आदर्श क्याम्पस शिवपुरमा अध्ययनरत उनले परिक्षा दिन आउने क्रममा शिवराज नगरपालिकाको बा २ झ ३७५९ नम्बरको गाडी प्रयोग गरेकी थिईन । बिहान ६ः३० बजे सरकारी गाडीमा आएकी उनी अन्य दुई परिक्षार्थी सहित सोही गाडीमा सवा दश बजे परिक्षाहलबाट निस्किएर गाडी चढेर फर्किएकी हुन । सञ्चारकर्मीलाई सरकारी गाडी दुरुपयोग बारे प्रतिक्रिया दिदै उपप्रमुख थारुले परिक्षा दिनका लागी गाडी लिएर आएको तर सवारीको दुरुपयोग नगरेको बताईन ।

निर्वाचन जिते सगै चर्चा चुलिएकी थारु सहितका जनप्रतिनिधी सुबिधाभोगी बन्न थालेकोमा नगरबासी भने दुखी हुन थालेका छन । नेकपामा राम्रो प्रभाव बनाएकी उपप्रमुख थारु प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको बिदेश भ्रमण गर्ने टोलीमा समेत परेकी थिईन ।

सम्बन्धित् समाचार