कपिलवस्तुमा अवैधानिक रुपमा मोटर ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेको पाइएको छ । यातायात ब्यवस्था विभागमा दर्ता भई सञ्चालनमा हुनुपर्नेमा बिना दर्ता कपिलवस्तुमा ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेका हुुन । कपिलवस्तुको बाणगगा नगरपालिका ओदारी स्थित बृह्सपति मोटर ड्राइभिङ्ग सेन्टर अवैधानिक रुपमा सञ्चालन रहेको छ । ड्राइभिङ्ग सेन्टर सञ्चालनका लागी आफनै मोटर साइकल र कार यातायात ब्यवस्था विभाग दर्ता गरी प्रयोगात्मक अभ्यासका लागी आफनै पुर्वाधार हुनुपर्ने प्रावधान रहेको यातायात ब्यवस्था विभागका निमित्त प्रमुख निशेष मर्हजनले बताए । यी ड्राइभिङ्ग सेन्टर दर्ता नरहेको बताउदै निमित्त प्रमुख मर्हजनले कारबाहीका लागी आवश्यक पक्रिया यातायात ब्यवस्था विभागले थाल्ने बताएका छन । सवारी साधन सिकाउने नाममा दर्तानै नगरी ड्राइभिङ्ग सेन्टर सञ्चालन गरेकाले ठगी मुद्धा समेत चलाउने उनले बताए ।
यस बिषयमा सेन्टरका सञ्चालक मदन अर्यालले यातायातमा दर्ता रहेको बताउदै नगरपालिका र घरेलुमा दर्ता गर्न बाकी रहेको बताउदै झुट बोलेर बच्ने प्रयास गरेका छन । निति अनुसार नगरपालिका र घरेलु पछि मात्र यातायात ब्यवस्था विभागमा दर्ता हुर्ने प्रावधान रहेको छ । नितिमा जुन सवारी साधनबाट सिकारुलाई साधन चलाउन सिकाइन्छ ती सवारी साधनको नः यातायातमा दर्ता भई ड्राइभिङ्ग सेन्टर सञ्चालन हुनु पर्ने नियम रही आएको छ । यातायात ब्यवस्था विभाग , जिल्ला प्रशासन कार्यालयको अनुगमनमा लापर्वाही गरेको कारण यसरी ड्राइभिङ्ग सेन्टर सञ्चालनमा आउनु दुखत भएको सरोकारवालाले बताएका छन । केही ड्राइभिङ्ग सेन्टरहरुले यातायात ब्यवस्था विभागमा दर्ता गरी सञ्चालन गरेता पनि शाखा राख्न नपाउने नियम भएकोमा रुपन्देही जिल्लामा एउटै नामबाट शाखाका रुपमा अवैधानिक तवरबाट ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेका छन । हाल जिल्लाका बिभिन्न क्षेत्रमा सञ्चालित अन्य केही ड्राइभिङ्ग सेन्टरहरु दर्ता रहेता पनि बिगत केही बर्षबाट नविकरण नभई सञ्चालनमा रहेको समेत पाइएको छ ।