कपिलवस्तुको चार नः जितपुरमा भएको अन्तरक्रिया गोष्ठी कार्यक्रममा बोल्ने सरोकारवालाले उद्योगी ब्यवसायी र उपभोतmा सबै जिम्मेवार पक्ष रहेको बताएका छन । गुणस्तरीयता एक पक्षबाट मात्र चाहेर नहुने बताउदै उनीहरुले सबै जिम्मेवार भए ब्यवसायी र उपभोतmालाई राम्रो हुनेमा जोड दिएका हुन । नेपाल घरेलुु तथा साना उद्योग कार्यालयको आयोजना र कपिलवस्तु उद्योग बाणिज्य सघंको सहजीकरणमा भएको कार्यक्रममा सय बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कपिलवस्तुको चार नः जितपुरमा रहेको बाणगंगा पार्टी प्यालेसमा भएको कार्यक्रममा घरेलु कार्यालय जिल्लाका प्रमुख राजन केसि क्षत्रेीय कार्यलय भैरहवाका रुद्र ज्ञवाली, प्रशासन कार्यालय चन्द्रौटाका जग्दीश अर्याल, उपभोतmा हित संरक्षण सघंका जिल्ला अध्यक्ष भेषराज पाण्डे, कपिलवस्तु उद्योग बाणिज्य महासघंका महासचिव लक्ष्मण अधिकारी, लगायतले आफनो धारणा राख्नुका साथै सहभागी करिव २० जना उपभोतmाले समेत आफनो जिज्ञासा राखेका थिए । कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेलले उपभोतmा हितका बिषयमा बनेका कानुन संशोधन गर्न आवश्यक रहेको बताउदै बजार क्षेत्रसगै गाउगाउमा यस बिषयमा जनचेतना जगाउन आवश्यक रहेको बताएका थिए ।