गृहपृष्ठ खबर बाल अधिकार सुनिश्चित हुनु पर्ने कपिलवस्तुका बालबालिकाको माग 

बाल अधिकार सुनिश्चित हुनु पर्ने कपिलवस्तुका बालबालिकाको माग 

प्रकाशित मिति:
बाल अधिकार सुनिश्चत हुनु पर्ने कपिलवस्तुका बालबालिकाहरुले माग गरेका छन् । जिल्लाको पतरीया, नन्दनगर र सुद्धोधन गाँउपालीका बालबालीकाहरुले यस्तो माग गरेका हुन् । उनीहरुले मायादेवी र सुद्धोधन गाँउपालीकाले वाल अधिकार सुनिश्चताका लागि नीतिगत योजना निर्माण गरि कार्य संचालन गर्नु माग समेत गरेका छन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र आई.एम सुईडिस विकास साझेदारको सहयोगमा संचालन गरिएको बालक्लवका बालबालिकाहरुका लागि एक दिने यौनीकता प्रजनन् स्वास्थ्य र वाल अधिकार सम्वन्धी तालिममा वोल्दै सहभागीले स्थानिय तहले बालबालिका लक्षित कार्यक्रम संचालनमा चासो नदिएकोमा गुनासो समेत व्यक्त गरेका छन् । Image may contain: 5 people, people sitting

स्थानीय निकायले पुर्वाधारमा जोड दिने र सिमित मात्रामा वालकेन्द्रित कार्यक्रम संचालन गर्ने हुदा अव वन्ने योजनामा बाल मैत्री स्थानीय शासनलाई अवलम्वन गरि काम गर्न सुझाव समेत दिएका छन् । वडा तथा स्थानीय निकायले वालवालीकाहरुको संरक्षण, सम्वर्धन र सहयोगका लागि वजेट निर्माण गरि काम गर्नु पर्ने वताएका हुन् । ३ वडाका ४० भन्दा वढि विद्यालयका वालक्लवका वालवालीका, किशोर किशोरी, शिक्षक तथा समुदायका अभिभावकहरुको सहभागीतामा संचालन गरिएको अन्तरकृया कार्यक्रममा सहभागीहरुले आफ्नो क्षेत्रमा वाल अधिकार मुलक कार्यक्रम संचालन, वाल विवाह विरुद्धको अभियान तथा समुदाय स्तरमा हुने वाल अधिकार हनन्का घटनालाई न्युनिकरण गर्नका लागि योजना समेत निर्माण गरेका छन् ।

योजना अनुसार आफुहरुले नियमित आफ्नो क्षेत्रमा काम गर्ने सामुहिक प्रतिवद्धता जनाउदै आफ्ना योजनाहरु वडा मार्फत आफ्नो गाँउपालीकामा पेश गर्ने जनाएका छन् । सुद्धोधन गाँउपालीकाको वडा नं १ पतरियामा रहेको समुदायिक अध्ययन् केन्द्रमा संचालन गरिएको तामिममा युवालय संस्थाका सदस्य सुदिप चापागाई, कार्यक्रम संयोजक यादव भुसालले बाल अधिकार र संरक्षण, बाल बिवाह तथा यसका असरहरु, यौन तथा प्रजनन् स्वास्थ्य, बाल क्लब तथा बाल संरक्षणका सवालमा शिक्षक, अभिभावक र किशोर किशोरीको भुमिकाका विषयमा सहजीकरण गर्नु भएको थियो ।
Image may contain: 6 people, people sitting

सम्बन्धित् समाचार