पत्रकारिता क्षेत्र प्रबिधीमैत्री बन्दै गर्दा पत्रकारिता क्षेत्रमा टिक्नका लागी खोजी पत्रकारिता आवश्यक रहेको खोज पत्रकारिता केन्द्रका प्रधान संम्पादक तथा नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष शिव गाँउलेले बताए छन । कपिलवस्तु नगरपालिका, यशोधरा गाँउपालिका, मायादेवी गाँउपालिका र शुद्धोधन गाँउपालिकाको आर्थिक सहयोगमा मधेस मिडिया सोसाईटीले तौलिहवामा आयोजना गरेको समाचार लेखन सञ्चार सिप बिषयक दुई दिने गोष्ठीमा बोल्दै गाँउलेले बिचार व्यक्त गरे । नेपाल भारत बिच आपसी सहयोग र मैत्री भाव सेदृढ गर्ने उद्धेश्यले सञ्चालित गोष्ठीमा बोल्दै उनले खोजी पत्रकारिता गर्न नसके पत्रकारिता क्षेत्रमा टिक्न गाहे रहेको बताए । नेपाल र भारतका सञ्चारकर्मी सहभागी गोष्ठीले दुई देशका सञ्चारकर्मी बिच सहकार्यमा दुई पक्षिय हित सगै सिमाका साझा मुद्दा उठान गर्न गोष्ठी सहयोगी सिद्ध हुने उनको भनाई थियो । दुई देशका सञ्चारकर्मी सहभागी रहेको गोष्ठीले दुबै देशका नागरिकको समस्या समाधान गर्ने समाचार बनाउनका लागी गोष्ठी सहयोगी हुने कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए । सुचना र समन्वय अभावले हुने सिमा क्षेत्रका समस्या निराकरण गर्न गोष्ठीले सहयोग पुर्याउने मायादेवी गाँउपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरीले बताए । दुई देशका सुरक्षा निकाय बिचको सहकार्य र समन्वयमा सिमा क्षेत्रका जिल्लामा कार्यसम्पादन गरिएका बेला सञ्चारकर्मी बिचको सहकार्यले दुई देशको सम्बन्धलाई मजबुत बनाउन भुमिका खेल्ने प्रजिअ अर्जुन प्रसाद पोख्रेलको भनाई थियो । कार्यक्रममा बोल्दै पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुसाल, पुर्व जिल्ला अध्यक्ष भेषराज पाण्डे, मनोज पौडेल, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामीछाने, कपिलवस्तु नगरपालिकाका वडा नं. ३ का अध्यक्ष प्रकाश गैरे, साहित्यकार हरिराज शर्मा लगायतले समाजमा लुकाईका घटना क्रमलाई नागरिकका बिचमा ल्याउनका लागी गोष्ठिले सहयोग पुर्याउने बताएका थिए । सोसाईटीका अध्यक्ष मनोज कुमार श्रीवास्तवको अध्यक्षता र उपाध्यक्ष मनोज पौडेलको स्वागतमा सम्पन्न उदघाटनको कार्यक्रममा नेपाल र भारतका ३० सञ्चारकर्मीको सहभागीता रहेको थियो । तालिममा खोजी पत्रकारिता, खोजी पत्रकारिताकाका आवश्यक पर्ने सुचना र सन्दर्भ सामाग्री, खोजी समाचारको प्रस्तुतीकरण बारे खोज पत्रकारिता केन्द्रका प्रधान संम्पादक शिव गाँउलेले सहजीकरण गर्ने छन ।
पत्रकारितामा टिक्न खोजी पत्रकारिता आवश्यक ः गाँउले
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाणगंगामा एकैदिन २ अटो रिक्साका ब्याट्री चोरी
४ घण्टा अघि
बागलुङमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु
११ घण्टा अघि