गृहपृष्ठ कला/साहित्य देवदहमा नवराज पराजुलीको कविता कन्सर्ट हुँदै

देवदहमा नवराज पराजुलीको कविता कन्सर्ट हुँदै

प्रकाशित मिति:

रुपन्देहीको देवदहमा पछिल्लो समयका चर्चित कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ , अनुराग साहित्य समाज रुपन्देहीको आयोजनामा उक्त कविता कन्सर्ट हुन लागेको हो ,

अल नेपाली पोयट्री स्ल्याम -२०१४ का विजेता र साताको साहित्य पुरस्कार २०१५ बाट पुरस्कृत नवराज पराजुली ‘ पर्फमेन्स पोयट्री ‘ बाट चर्चामा आएका कवि हुन , उनको ‘सगरमाथाको गहिराइ’ कविता सङ्ग्रह-२०७३ प्रकाशित छ भने उनका कविताहरू सामाजिक सञ्जालहरूमा लाखौँ पटक हेरिएका छन् ।

रुपन्देहीको देवदह स्थित होटेल ॐ दर्शनमा आउँदो २३ गते उक्त कविता कन्सर्ट हुने आयोजक अनुराग साहित्य समाजका अध्यक्ष निर्मल ढुङ्गानाले जानकारी दिनु भयो

साथै उक्त दिन सरस्वती बस्याल र समीन गैरेको संयुक्त मुक्तक सङ्ग्रह – ‘भत्किएको पर्खाल’ डा.सुरेन्द्र गिरिको – देवदहका जनताको स्वास्थ्य स्थिति (अनुसन्धानात्मक ग्रन्थ )

सरोज भण्डारी, रोहित राना, सुमित्रा अधिकारी सिरु, राम कँडेल “अधीश” र दीप मिलन द्वारा संयुक्त रूपमा प्रकाशित २० स्रष्टाको संयुक्त गजल सङ्ग्रह -(गजल इन्द्रेणी ४ )को विमोचन समेत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित् समाचार