गृहपृष्ठ खबर ब्राउन सुगरसहित दाङबाट तीन पक्राउ

ब्राउन सुगरसहित दाङबाट तीन पक्राउ

प्रकाशित मिति:

दाङ प्रहरीले ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुको साथबाट एक सय ८० ग्राम ब्राउन सुगरसहित केही नगद रुपैयाँ र गाडीसमेत बरामद गरेको छ। सुर्खेत बिरेन्द्रनगर नगरपालिका- ५ का ३६ वर्षीय लक्ष्मण सापकोटा, नेपालगंज उपमहानगरपालिका- १५का ३२ वर्षीया गुड्डु कवडिया र सोही ठाउँका २४ वर्षीय रुक्सार कवडियालाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ। सापकोटा गाडी चालक हुन् भने अन्य दुईजना गाडीमा सवार व्यक्ति हुन्।

प्रहरीले बा १९ च ८८३३ नम्बरको हाइलेक्स गाडी समेत नियन्त्रणमा लिइएको छ। नेपालगंजबाट दाङतर्फ आइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले लमही नगरपालिका- ९ अमिलिया चोकबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता प्रहरी नायब उपरीक्षक बिनोद विक्रम शाहले जानकारी दिए।

सम्बन्धित् समाचार