नेपाल भारत बीच आपसी सहयोग र मैत्रीभाव सुदृढ गर्ने उद्देश्यले तौलिहवामा समाचार लेखन तथा संचार सीप बिषयक २ दिने गोष्ठी सम्पन्न भएकोे छ ।सो अवसरमा नेपाल भारतबीच आपसी सहयोग र मैत्री भाव सुदृढ गर्ने उद्देश्यले संचालित गोष्ठीमा शिव गाउँलेले अहिले प्रबिधिको विकाससंगै पत्रकारहरुले अब आफुलाई पनि त्यसै अनुसार लानु पर्ने बताए । उनले पुरानै शैली र ढंगबाट पत्रकारितामा टिक्न गाह्रो हुने भएकाले पत्रकारहरुले पेशामा टिकीरहनका लागि मिहीनेत गर्नुृ पर्ने स्पष्ट पारे । ‘अब पत्रकारहरु पेशामा टिक्ने वा छाड्ने भन्दा बिकल्प छैन, टिकिरहन पनि पुरानो शैलीलाइ त्याग्नु पर्छ ’उनले भने ।
अहिले बिश्व ब्यापीरुपमा खोजी पत्रकारिताको समय आएकाले आफुलाई त्यसै अनुरुप परिमार्जित गरी अघि बढ्नु पर्ने उनले प्रष्ट पारे ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेलले अहिलेको युग सुचनाको युग भएकाले सही सुचना संम्प्रेषणका लागि पत्रकार चनाखो हुनुपर्ने बताउंदै मिडियाले जनताको बिश्वास जित्ने किसिमको समाचार उठान गर्नु पर्ने धारणा राखेका थिए ।
कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंह, मायादेबी गाउँपालिकाका प्रमुख बजरंगी प्रसाद चौधरी, कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश गैरे, भारतीय संचारकर्मी अजय गुप्ता, नागरिक अगुवा हरिराज शर्माले पत्रकारहरुले दुवै देशका नागरिकहरुको समस्या समाधान गर्ने बताएका थिए । त्यस्तै दुई देशका सुरक्षा निकायबीचको सहकार्य र समन्वयमा सीमा क्षेत्रका जिल्लामा कार्य सम्पादन गरिएको बेला संचारकर्मी बीचको सहकार्यले दुई देशको सम्बन्धलाई मजबुद बनाउन भूमीका खेल्ने बताएका थिए ।
उक्त गोष्ठीमा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल, पूर्व अध्यक्ष भेषराज पाण्डे, पूर्व अध्यक्ष मनोज पौडेल लगायतले समाजमा लुकाईएका घटनाहरुलाई नागरिकका माझमा ल्याउनका लागि यस गोष्ठीले सहयोग पुर्याउने छ भन्ने मन्तव्य व्यक्त गरेका थिए ।
तालिममा खोजि पत्रकारिता , खोज पत्रकारिताका आबश्यक पर्ने सुचना र सन्दर्भ सामाग्री , खोजी समाचारको प्रस्तुतीकरण, बोर्डर रिपोटिङ् लगायतका बिषय बस्तु माथि लेपाल पत्रकार महासंघ का पूर्ब केन्द्रिय शिब गाउंले द्वारा सहजिकरण गरिएको थियो ।
कपिलवस्तु नगरपािलका, यशोधरा गाउँपालिका, मायादेबी गाउँपालिका र सुद्दोदन गाउँपालिकाको सहयोगमा मधेस मिडिया सोसाईटी नेपाल कपिलवस्तुकोे आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा मनोज श्रीवास्तवको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा भारत र नेपालका गरी ३० पत्रकारहरुको सहभागिता रहेको थियो ।