गृहपृष्ठ खबर सैनामैनामा नगर प्रोफाईल संकलन कार्य सुरु

सैनामैनामा नगर प्रोफाईल संकलन कार्य सुरु

प्रकाशित मिति:

बिष्णु खत्री – सैनामैना । सैनामैना नगरपालिकाको डिजिटल प्रोफाईल बनाउने प्रक्रिया सोमबारदेखी औपचारिक रुपमा सुरु भएको छ । सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले नगरभित्रबाट छनोट तथ्याङ्क संलकहरुलाई परिचय पत्र र ट्याब हस्तान्त्ररण गरी सो कार्यको औपचारीक रुपमा सुरुवात गर्नुभयो ।

प्रबिधि हस्तान्तरण गर्दै नगरप्रमुख कार्कीले सैनामैनाका हरेक घर घरमा पुगी आवश्यक सम्पुर्ण तथ्यहरु संकलन गर्न निर्देशन दिदै यस कार्यले सैनामैनाको दिर्घकालिन विकासका लागी आवश्यक मार्ग निर्देश हुने बताउनुभयो । अब बन्ने प्रोफाईलले सैनामैनाका हरेक घरपरिवारको सम्पुर्ण जानकारी हासिल गर्न सजिलो हुनुको साथै समग्र नगरको बस्तु स्थिती बिश्वको कुनै कुनाबाट समेत पाउन सकिने बताउनु भयो । यस कार्यका लागी सैनामैनाका सम्पुर्ण जनप्रतिनिधि तथा टोल बिकास संस्थाका पदाधिकारीले तथ्याङ्क संकलकहरुलाई आवश्यक सहयोग गर्न समेत आग्रह गर्नु भयो ।

तथ्याङ्क संलकहरुलाई आवश्यक तालिम र प्रबिधि दिएर गाउँ गाउँमा पठाउन लागिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनुभयो । यसका लागी आवश्यक दक्ष जनशक्ति मार्फत तालिम दिएको भण्डारीले बताउनुभयो । सैनामैनाको डिजिटल प्रोफाईल बनाउन सहज होस् भन्ने उद्धेश्यले आवश्यक तथ्य संकलन गर्नका निम्ति प्रत्येक वडाबाट दुई जनाको दरले पठाईने छ । यस्तै नगर भरीबाट कुल २२ जना तथ्याङ्क सकंलक छनौट गरी नगर भित्रका प्रत्येक घर घरमा पठाउन लागिएको नगरपालिकाले जनाएको छ । यस कार्यका लागी टेक्नोसाइन्ट कन्सल्ट प्रा.लिका सिनियर ईन्जिनियर सुन्दर भुसाल ,सिभिल ईन्जिनियर बिरेन्द्र सोमरे ,सिभिल ईन्जिनियर आशिष आचार्य ,आई.टी अफिसर बिकास भुसाल ,ज्ञान बहादुर थापा सहित २२ जना तथ्याङ्क सकंलकको टोलीले तथ्याङ्क सकंलन गर्न प्रत्येक घर घरमा पुग्नेछन् ।

तथ्याङ्क संकलन गर्न घरधनी वा सदस्यलाई १ सय ४५ वटा प्रश्न सोधिनेछ । प्रश्नमा सामाजिक ,आर्थिक,कृषि,पशुपालन,ब्यवसाय,शिक्षा,स्वास्थ्य लगायतका बिषयका प्रश्नहरु रहेका छन । टोलीले करिब १ महिनाको अवधिमा तथ्याङ्क संकलन कार्य सक्नेछ ।

सम्बन्धित् समाचार