गृहपृष्ठ खबर महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिष पक्राउ

महाभूकम्प आउँछ भन्दै आतंक फैलाउने ज्योतिष पक्राउ

प्रकाशित मिति:

काठमाडौं  २१ जेठ – देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने ‘ज्योतिष’ प्रहरीको फन्दामा परेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंले सर्वसाधरणमा अफवाह फैलाएको अभियोगमा ३६ वर्षीय अर्जुन क्षेत्रीलाई नियन्त्रणमा लिएको हो।

उनले यूट्यूव भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएका थिए ।

हेर्नुहोस्  उनको भनाइ जस्ताको तस्तै  :

कतिपयले उनको अफवाहको भ्रममा परी त्रसित रहिरहेको अवस्थामा प्रहरीले मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिए ।

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार