नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तु र नेपाल बिद्यार्थी सघं क्षेत्र नः १ ले अग्नी पिडितलाई राहात बितरण गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १० भावपुर स्थित चन्दा परियारको घरमा सोमबार आगलागी भई घरगोठ पुर्ण रुपमा क्षती भएको थियो । तरुणदल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी(शतिm) , वडा नः १० का वडा सदस्य राम नक्षत्र थारु, दिल कुमारी थापा, रमेश चौधरी र बिन्दु बिक, त्यसैगरी तरुणदल क्षेत्रीय सभापति तिलक थापा, नेबि सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, बिद्यार्थी नेता मिन थापा, समाजसेवि कृष्ण कार्की, मुकेश खनाल लगायतले सयुतm रुपमा राहात बितरण गरेका थिए । अग्नीपिडितलाई डोसेना, सिरानी, चामल, त्रिपाल बिद्यार्थीलाई कापि कलम लगायतका अत्याबश्यक सामाग्री बितरण गरीएको हो । हाल सम्म बिभिन्न समयमा गरि जिल्लाभरका आगलागी पिडितलाई तरुण दल र नेबिसघंले अत्यावश्यक सामाग्री बितरण गर्दै आई रहेको छ । राहात बितरण कार्यक्रममा बोल्दै तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी (शतिm)ले तरुणदल र नेबिसघं जनताको घाउमा मलम लगाउन सदैव तयार रहेको बताउदै प्राकृतिक बिपत्तिका घटनामा राजनिति नगरी पिडित सबै पक्षलाई सहयोग गर्न आवश्यक रहेको बताए ।
अग्नी पिडितलाई तरुणदल र नेबिसघंद्धारा राहात बितरण


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैबाख्रा पालेरै लाखौं आम्दानी
१२ घण्टा अघि