गृहपृष्ठ खबर विश्व वातावरण दिवसको अवसर पारी स्काइलार्कद्धारा  सचेतना र्‍याली ।।

विश्व वातावरण दिवसको अवसर पारी स्काइलार्कद्धारा  सचेतना र्‍याली ।।

प्रकाशित मिति:

विश्व वातावरण दिवसको अवसरमा स्काइलार्क इग्लिस बोर्डिङ स्कुल वाणगंगा ११ ओदारीले सचेतना र्‍याली कार्यक्रम सम्पन्न गरेको छ । वातावरण संरक्षण सम्बन्धि प्ले कार्डहरु सहित विद्यार्थीहरुले विद्यालयबाट र्‍याली सुरु गरि ओदारी बजार मर्थि नगवा हुँदै पुनः विद्यालय प्रांगणमा पुगि कोण सभा कार्यक्रम सम्पन्न भएको थियो ।

विद्यालयका अध्यक्ष तोलाकान्त डुम्रेको अध्यक्षता प्रहरी कार्यालय ओदारीका प्रमुख गोविन्द कुवँरको प्रमुख आतिथ्यता, शैक्षिक क्रियाकलाप संयोजक धु्रब पौडेल, सहायक प्राचार्य मदन मल्ल, लेखापाल पशुपति शुक्ला, शिक्षक टेक बहादुर केसि, विक्रम पोख्रेल लगायत कक्षा ८, ९ र १० का गरि झण्डै १५० जनाको सहभागितामा र्‍याली कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ ।

साथै सोहि अवसरमा प्रमुख अतिथी कुवँरले विद्यार्थीहरुलाई कुचो, हँसिया, डस्वीन हस्तानतरण गरि सो कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो । विद्यालयको सचेतना र्‍याली कार्यक्रममा स्थानियहरुले सहयोग समर्थन तथा सहभागीता पनि जनाएका थिए । विद्यालयले दशकौँ लामो शैक्षिक अनुभव हासिल गरेका शिक्षा विदहरुको लगानीमा नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएपछि उल्लेख्य शैक्षिक उपलब्धी हासिल गरेको छ ।

सम्बन्धित् समाचार