गृहपृष्ठ विविध यी २ गल्ती गर्ने पुरुषको चाडै हुन्छ पतन

यी २ गल्ती गर्ने पुरुषको चाडै हुन्छ पतन

प्रकाशित मिति:

चाणक्य नीतिको १२ औँ अध्यायको १६ औँ श्लोकमा २ गल्तीहरुको बारेमा बताइएको छ । जुन  गल्ती गरे कुनै पनि मानिसको जीवन पुर्ण रुपले पतन हुन्छ । चाणक्य नीतिमा आचार्य कौटिल्यले भनेका छन्, ‘हरेक मानिसहरु यी २ गल्तीबाट बच्नुपर्छ । जो मानिस बिना सोच- बिचार र थोरै समयको सुखको पछि लागेर कुनै पनि काम गर्छ, ती व्यक्तिहरु सम्हालेर रहनुपर्छ ।’

अनालोच्य व्ययं कर्ता चानाथः कलहप्रियः।
आर्तः स्त्रीहसर्वक्षेत्रेषु नरः शीघ्रं विनश्यति।।१९।।

चाणक्य नीतिको यस श्लोकमा भनिएको छ सधै सोच- बिचार गरेर कुनै पनि काम गर्नुपर्छ । चाणक्य नीतिका अनुसार बिना सोच- बिचार खर्च गर्ने अनाथ बन्छ , अर्थात एक समयपछि यस्तो मानिसलाई अरुले साथ दिदैनन् । यस्ता मानिसको धेरै समय एक्लै बित्छ ।

दोस्रो गल्तीको बारेमा चाणक्य नीतिमा भनिएको छ झगडालु तथा सबै जातकी स्त्रीहरुलाई पाउने इच्छा राख्ने व्यक्तिको पनि चाडै पतन हुन्छ । यसको मतलब नचाहिदो खर्च गर्नेवाला जसको कोहि पनि आफ्नो छैन , जो झगडालु स्वभावको छ र स्त्रीहरुको पछि लाग्छ, यस्तो व्यक्तिको शीघ्र नै पतन हुन्छ ।

सम्बन्धित् समाचार