सैनामैना नगरपालिकाले नगर भित्र रहेका सामुदायिक बिधालयहरुमा खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेको छ । चीनको गाननान स्वायत्त प्रिफेक्चरबाट करिब ५० लाख बराबरको खेलकुद तथा शैक्षिक सामाग्री सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीको पहलमा सैनामैनामा सहयोग रुवरुप आएको हो । चीनको गाननान स्वायत्त प्रिफेक्चरबाट प्राप्त खेलकुद तथा शैक्षिक सामाग्री आजबाट औपचारिक रुपमा सैनामैनाका सामुदायिक बिद्यालयहरुमा बितरण गर्न सुरु गरिएको हो ।
आज सैनामैनाको सालझण्डी स्थित पशुपति मा.बि, सालझण्डी मा.बि र महेरवा देवी आधारभुत बिधालयमा बितरण गरिएको हो । खेलकुद सामाग्री बितरण गर्दै सैनामैना नगरपालिकाका नगर मेयर चित्र बहादुर कार्कीले बिद्यार्थीहरुलाई पढाई संगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउन अति आवश्यक रहेको बताउनुभयो ।
बिद्यार्थीहरुको चौतर्फी बिकासका लागी खेलकुद पनि अति आवश्यक भएकोले चीनको गाननान स्वायत्त प्रिफेक्चर बाट सहयोग खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरिएको बताउदै कार्कीले खेलकुद तथा शैक्षिक सामाग्री बिना दुरुपयोग सम्पुर्ण बिधार्थीहरुलाई समेट्ने गरी बितरण गर्न समेत विद्यालयहरुलाई आग्रह समेत गर्नुभयो ।
सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चर बिच भगिनी सम्बन्ध कायम गर्ने प्रारम्भिक सहमति समेत भएको बताउँदै मेयर कार्कीले गरिब तथा असहाय बिद्यार्थीहरुलाई सहयोग स्वरुप सामाग्री प्रदान गरेकोमा चीनको गाननान स्वायत्त प्रिफेक्चर प्रति धन्यवाद ज्ञापन गर्नुभयो । सैनामैना नगरपालिका र चीनको गाननान स्वायत्त प्रिफेक्चर बिच भगिनी सम्बन्ध कायम भए पश्चात चिनियाँ अनुभव हाम्रो विकासमा काम लाग्ने समेत कार्कीले बताउनुभयो । शैक्षिक सामाग्री बितरण कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी ,शिक्षा शाखाका उपसचिव ,बडाअध्यक्ष,कार्यपालिका सदस्य ,बिधालयका शिक्षक शिक्षिका, बिधार्थी स्थानिय लगायतको सहभागिता रहेको थियो ।