गृहपृष्ठ खबर जीवजन्तु र माछालाई बचाउन जगदीशपुर तालमा बोरिङ

जीवजन्तु र माछालाई बचाउन जगदीशपुर तालमा बोरिङ

प्रकाशित मिति:

बिश्व सीमसार क्षेत्रमा सुचीकृत जगदीशपुर तालमको पानी सुके पछि माछा लगायत जीवजन्तुरु मर्न थाले पछि कपिलवस्तु नगरपालिकाले तालको डीलमा बोरिङ गाडेको छ । कपिलवस्तु नगरपालिको ८ लाखको लगानीमा तालको डिलमा बुधवार देखि बोरिङ गाडने कार्य सुभारम्भ गरिएको हो । सो अवसरमा मेयर किरण सिंहले पुजापाठ गरी बोडिङ गाडने कामको सुभारम्भ गरेका थिए । उनले तालको पानी सुके पछि संकटमा परेको माछा, कछुवा अन्य जीवजन्तुलाई बचाउन नगरपालिकाले लगानी गरेको बताए । ‘ सिंचाई, वन लगायतका कार्यालयहरुले चासो नदिए पछि नगरपालिका अग्रसर भएको हो ’ उनले भने । ४ दशक अघि सिंचाई प्रयोजनका निम्ति बनाईएको ताल र बाणगंगा सिंचाई नहरको मर्मतकालागि तालमा पानी निकास बन्द गरिएको हो । तालमा पानी निकास बन्द गरिए यता एक महिना अघि देखि तालमा माछा मर्ने, माछा र कछुवा चोरिनेक्रम बढेका वडा अध्यक्ष शिव बहादुर बाग्लले बताए । यस अघि नगरपालिका कै सहयोगमा तालमा ४ वटा पम्पसेट चलाई पानी पोखरीमा हाल्ने काम भईरहेको छ । त्यसकालागि नगरपालिकाले एक लाख बजेट दिएको थियो । बिज्ञहरुको सुझाव अनुसार तालमा पम्पसेट चालई नुन र कागती छर्नेक्रम समेत गरिएको जगदीशपुर जलायस ब्यवस्थापन बहुसरोकार ंमंचका अध्यक्ष ललति गुरुङले बताए । ‘ तालको चिनारी नै माछा, चरा र कछुवा हो त्यसलाई जसरी पनि बचाउन ुपर्छ ’ स्थानीय जमसेद अलीले भने ‘ त्यसकालागि नगरपालिकाले साथ दिएको छ , यो राम्रो काम हो ’ । तालमा एक साता अघि देखि पम्पसेट चलाई पछि माछा मर्नेक्रलम समेत कम भएको छ । साथनीयले निग्रानी बढाइए पछि चोरी हुनेक्रम समेत रोकिएको स्थानीय बताउछन । तालको पानी सके पछि ताल अहिले गौचरन र खेल मैदान बनेको छ । सन २००३ मा जगदीशपु ताललाई बिश्व सीमसार क्षेत्रमा सुचीकृत गरिएको थियो ।

सम्बन्धित् समाचार