कपिलवस्तु नगरपालिकाले तौलिहवामा सरुवा भई रुपन्देही जान लाग्नु भएका प्रजिअ अर्जुन प्रसाद पोख्रेललाई बिदाई एवं अभिनन्दन गरेको छ । मेयर किरण सिंह सहीत नगरपालिकाको टोलीले एक समारोहका बिच प्रजिअ पोख्रेललाई खादा र फुलमालाले सम्मानित गरेका हुन । सो अवसरमा प्रजिअ पोख्रेलले स्थानीय निकायलाई सेवा सुबिधाहरु सजहढंगले उपलब्ध गराउन आग्रह गरे । उनले जुन सुकै निकायको काम जनतालाई सहजरुपमा सेवा सुबिधा दिनु रहेको उल्लखे गर्दै उनले जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न आग्रह गरे । उनले आफनो एक कार्यकालका दौरानमा सोचर पनि नर्ग नसकेको ३ वटा काम कपिलस्तु नगरपालिकाले चाडो गनुृ पर्ने सुझाव दिए । प्राचिन नगरी कपिलस्तुको तौलिहवामा बजारको सडक बिस्तार गर्नु पर्न े, तौहिलाको पुर्व र पश्चिम तर्फ बाइबास रोड बनाउनु पर्ने र तौलेश्वरनाथ महादेव मन्दिरलाई हेर्ने लायक बनाउनु पर्ने उनले सझुाव दिए । ‘ भोटलाई मात्र हेरेर हुदैन बिवकासकालागि ठोस काम गनुृ पर्छ ’ उनले भने ‘ सोचर पनि केही काम पुरा गर्न सकिन मनमा गडेको छ , आशा छ चाडै यो काम हुनेछ ’ उनले आफु जहा गए पनि कपिलस्तुको बिकास भएको देख्न चाहेकेो र त्यसकालागि आफुले जुन सुकै सहयोग गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । सो अवसरमा मेयर किरण सिंहले कृषि विकास बैक देखि महिला सम्मको नमुना रोड बनाउन र सागर तालको सुन्दुरीकरणकालागि जग्गा उपलब्ध गराउन प्रअिव पोख्रेलल साथ दिएको बताए । ‘ हामीलाइृ धेर्रै नै सहयोग गनुृ भयो, आशा छ यो सहयोग भबिष्ययमा पनि पाउने छौ ’ उनले भने । मेयर सिंहको अध्यक्षता, सामाविक विकास अधिकृत पदमराज श्रेष्ठको संचालनमा भएको कार्यक्रममा उम मेयर लक्ष्मी कसौधन प्रमुख प्रशासकीय अधिकृत बिमलराज आचार्यले मन्तब्य दिएका थिए । यसै बिच प्रजिअ पोख्रेललाई कपिलवस्तु प्रशासन कार्यालयका कर्मचारीहरुले समेत बिदाई गरेका छन ।
प्रजिअ पोख्रेललाई बिदाई एवं अभिनन्दन


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैसुनको मूल्य घट्यो
२८ मिनेट अघि
मियामीको ऐतिहासिक जित
४१ मिनेट अघि
सैनामैनामा मलमला क्षेत्र चुरे जैविक पार्क बन्दै
४४ मिनेट अघि
इजरायली अस्पतालमा इरानको आक्रमण
४ घण्टा अघि