रेसुङ्गा नगरपालिमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । रिडीवाट वालुवा लिएका आउदै गरेको लु ४ त २८४६ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका १३ भगाँरी नजिकै दुर्घटना भएको हो ।
दुर्घटनामा कपिलवस्तु घर भएका ट्याक्टर चालक अम्मर कुवँरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । ट्याक्टर सडकवाट करिव ५ सय मिटर तल खसेको वडा अध्यक्ष खुम बहादुर खत्रीले जानकारी दिए ।
दुर्घटना कसरी भयो भन्ने वारेमा अनुसन्धान भैरहेको प्रहरीको जनाएको छ । रातको समयमा ट्याक्टर दुर्घटना भएपनि शनिवार विहान मात्रै दुर्घटनाको खवर प्राप्त भएको वडा अध्यक्ष खत्रीले बताए ।