गृहपृष्ठ खबर नदीजन्य पदार्थको अवैध उत्खनन प्रदेश ५ मा रोकिएन

नदीजन्य पदार्थको अवैध उत्खनन प्रदेश ५ मा रोकिएन

प्रकाशित मिति:

सभापति न्यौपानेले कानून तयार भइसकेको र कानून कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताए । प्रदेश लेखा समिति सदस्य वैजनाथ कलवारले नदीमा चरम दोहनको अवस्था रहिरहे साउनपछि खोलामा माटो मात्र हुने बताए । कलवारले अनुगमनका क्रममा क्रसरहरु अवैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको बताए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैधरुपमा भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाए । खोलामा एक्साभेटर पस्नासाथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी भएको तर्क गरे ।

तत्कालीन जिल्ला विकास समिति रुपन्देहीका उपसभापति रामचन्द्र ढकालले नदीको दोहन चरम रुपमा भइरहेकाले नियन्त्रण जरुरी रहेको धारणा राखे । उनले विकास निर्माणका लागि नदीजन्य पदार्थ निकाल्नु स्वभाविक भए पनि अवैध उत्खननलाई रोक्नुपर्ने बताए ।

वातावरणविद् प्राडा नारायण कँडेलले विकास निर्माण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाले ध्यान दिन नसकेको धारणा राखे । वातावरणीय पक्षलाई ख्याल नगरी हुने दोहनले भविष्यमा विकराल समस्या उत्पन्न गर्नेतर्फ उनले सचेत गराए ।

सम्बन्धित् समाचार