गृहपृष्ठ खबर प्राविधिक ज्ञान अहिलेको आवश्यकता ः सासंद पन्थी

प्राविधिक ज्ञान अहिलेको आवश्यकता ः सासंद पन्थी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगगा नगरपालिकाको कोपवामा रहेको महेन्द्र माध्यमिक बिद्यालयमा कोपवामा कम्प्युटर इन्जीनियरिङ अध्ययन र अध्यापनका बिषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रदेश नः ५ का प्रदेश सभा सदस्य बिष्णु पन्थीले अहिलेको समय प्राविधिक ज्ञानको बताउदै उज्जवल भविष्यका लागी कम्प्युटर शिक्षा अनिर्वाय भईसकेको बताएका छन । समयमा सापेक्ष चल्न समेत अहिले प्राविधिक ज्ञान आवश्यक रहेकाले स्वरोजगार हुन प्राविधिक ज्ञान भए गाह्रो नहुने उनको भनाई छ ।

कार्यक्रममा वडा नः ५ का अध्यक्ष भिष्मराज भुसालले महेन्द्रमाविले सञ्चालनमा ल्याएको कम्प्युटर इन्जीनियरिङ कक्षा सञ्चालनका लागी थप सहयोगका लागी प्रतिबद्धता समेत जनाउदै दक्ष जनशतिm उत्पादनका लागी यसले टेवा पु¥याउने बिश्वास आफनो रहेको उनी बताए । अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समिति उपसंयोजक तारावती चौधरी, समाजसेवि दुनिका भुसाल, कम्प्युटर शिक्षक बिष्णु पाण्डे, प्रअ कामता प्रसाद चौधरी, शिक्षक बासुदेव अर्याल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा ७० बढि सरोकारवालाको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार