कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ ले भौतीक योजनाका काम ९० प्रतिशत सकेको जनाएको छ । बाणगंगाको वडा नः ८ मा आर्थिक वर्ष २०७६÷७७ कोबजेटका बिषयमा अभिमुखीकरण तथा योजना तर्जुमा कार्यक्रममा सो बारे जानकारी गराइएको हो । वडा नं ८ को जलेश्र्वर धाममा सम्पन कार्यक्रमा वडा अध्यक्ष भुषालले थुप्रै समस्या र चुनौति सामु पनि वडाले विकास को गतिलाई तिव्रता दिएको र नगर वाट पनि सोहि अनुसारको बजेट पार्न सफल भएको बताउदै वडा ८ मा ९० प्रतिशत काम सम्पन्न भएको र करिब १६ करोड बजेट बराबरका योजना सन्चालन मा रहेको बताए । वडा भित्र रहेका ८ वटा टोल विकाश समितीले आआप्नो टोल बाट कार्यक्रमका योजना बनाएर वडा समक्ष प्रसतुत गर्न आग्रह गरेका छन । वडा ८ का अध्यक्ष गुणानिधि भुषालको अध्यक्षता रहेको कार्यक्रमको सहजिकरण नगरपालिकाका अधिकृत केशव भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा टोल विकास समिति जनप्रतिनीधि र कर्मचारि गरि पचास जनाको सहभागिता थियो कार्यक्रम वडा सचिव रामचन्द्र पौडेलको सन्चालनमा सम्पन्न भएको हो ।
बाणगंगाको वडा नः ८ मा ९० प्रतिशत काम सकियो । वडाबासीसगं योजना माग ।


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
२१ मिनेट अघि