गृहपृष्ठ Featured चौथो सेभेन ए साइडको उपाधि आयोजक वेलफेयरले जित्यो

चौथो सेभेन ए साइडको उपाधि आयोजक वेलफेयरले जित्यो

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नः जितपुरमा रहेको बुद्धरगंशालामा आयोजित चौथो सेभेन ए साइड रनिङ शिल्ड फुटवल प्रतियोगिताको उपाधि बाणगंगा वेलफेयर सोसाइटी चार ः जितपुरले जितेको छ । बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुरद्धारा आयोजित प्रतियोगिता अन्र्तगत शनिबार भएको फाइनल खेलमा उदय युवा क्लव ढोडेकोललाई २÷१ ले .हराउदै आयोजक बाणगंगा वेलफेयर सोसाइटी बिजयी भएको हो । प्रतियोगिताको म्यान अफ दि म्याचको उपाधि वेलफेयरका सन्दीप गाहाले पाए । जेठ १६ बाट सुरु भएको प्रतियोगितामा जिल्ला भित्रका १६ समुहको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम भएसगै बाणगंगा वेलफेयर सोसाइटी चार नः जितपुरले चौवालिस हजार चार सय चार सहित शिल्ड, मेडेल र प्रमाण पत्र पाएको छ भने द्धित्तिय हुने उदय युवा क्लवले बाइस हजार दुई सय बाइस र सान्तवना हुने हेल्थ क्लव चार नः जितपुर र सुर्योदय युवा क्लवले सात हजार सात सय  सततर  पाउने भएका छन ।
समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिति जिल्ला खेलकुद बिकास समिति कपिलवस्तुका अध्यक्ष छविलाल रेश्मी मगरले जिल्लामा खेलकुदका गतिविधि बढेकोमा खुशी ब्यतm गर्दै समय सापेक्ष प्रतियोगिता आयोजना गर्ने बाणगंगा वेलफेयर सोसाइटीलाई धन्यवाद ज्ञापन गरेका छन । खेलाडी मार्फत जिल्ला र देशलाई अन्तराष्ट्रीय जगतमा चिनाउन सकिने बताउदै खुलकुदका गतिविधि बढाउन जिल्ला स्थित स्थानिय तह र युवा क्लवलाई आग्रह गरेका छन । त्यस्तै आयोजक बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले खेलकुद मार्फत युवाहरुलाई दुब्र्यसनीबाट टाढा राख्न सकिने बताउदै युवाहरुलाई खेलकुदतर्फ मोह बढाउन लागी परेको बताए । कार्यक्रममा महासचिव बुद्धि बहादुर रोकाहा(दिनेश) क्षेत्रीले जेठ २७ गतेबाट अण्डर १६ फुटवल प्रतियोगिता वेलफेयरकै आयोजनामा हुने जानकारी गराउदै सहभागि हुने समेत आग्रह गरेका छन । प्रतियोगिता अन्र्तगत लगातार ३ बर्ष आयोजक वेलफेयरले फाइनल उपाधि जित्दै रनिङ शिल्ड जित्दै आफनो पक्षमा पार्न सफल भएको छ ।

 

सम्बन्धित् समाचार