गृहपृष्ठ खबर कृष्णनगरका व्यापारीहरुमा त्रासले बजार सुक्ने डर

कृष्णनगरका व्यापारीहरुमा त्रासले बजार सुक्ने डर

प्रकाशित मिति:

कृष्णनगर बजारका व्यापारीहरु अनावश्यक रुपमा छापामारी र बजारकाे उचित व्यावस्थापन हुन नसकेका कारण त्रासित भईरहेका छन ।
अाज उद्योग वाणिज्य संघ कृष्णनगर काे दशाैं साधारण सभामा कृष्णनगर केन्द्रित व्यवसायीहरुले वजार व्यवस्थापनमा समास्या हुनुका साथै अान्तरिक राजस्व कार्यालय तथा राजस्व गस्ती टाेलीहरुकाे छापामारीले गर्दा व्यापार गर्न समास्या उत्पन्न भई व्यवसायीलाई त्रासित बनाएकाे छ ।
सभाका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाहले व्यावसायीहरुलाई व्यापार गर्ने वातावरण मिलाउन राज्यका संयन्त्रहरु संयमित भई काम गर्नुपर्ने अाैंल्याउनुभयाे । नगरपालिकाकाे सर्वांगिण बिकासमा हामी सबै एकजुट भई अगाडि बढनुपर्छ खुट्टा तानातानले बिकास कार्य वाधित मात्र हुने भएकाले जनताकाे म्यान्डेट अनुरुप अाफु अगाडि बढेकाे नगरप्रमुख शाहले दाबी गर्नुभयाे ।
त्यसैगरि समाजबादी पार्टीका नेता अकरम पठानले कृष्णनगर बजारलाई दांगजिल्लाकाे काेईलाबास नाका जस्तै समाप्त पार्ने खेलभन्दा माथि उठेर व्यावस्थापन तर्फ विशेष ध्यान दिन अावश्यक रहेकाे बताए । कार्यक्रममा स्थानीय व्यापारी दिनेशचन्द्र गुप्ताले राजस्व गस्ती, सशस्त्र प्रहरी लगायतका टाेलीहरुले कृष्णनगर भित्रका व्यापारीहरुलाई त्रासित पारेकाे अाराेप लगाएका छन । गुप्ताले बिलविजक सबै हुदाहुदै पनि सुरक्षा र राजस्व गस्तीका नाममा नेपाल भित्रकै मालसमान समातेर भन्सार बुझाउने गरिएकाेले व्यासाय गर्न समास्या थपिएकाे छ साथै कृष्णनगर बजारबाट व्यवसायिक पलायन पनि बढदै गएकाे छ जसले गर्दा भविष्यमा याे बजार सुक्ने अावस्थामा पुग्ने बताए । कार्यक्रमकाे समापनमा बाेल्दै उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष गुरुशरण सिंह ले व्यापारलाई सुरक्षित बनाउन अाफु केन्द्रस्तरमा पहल गरेकाे तर केही समास्याहरु अझै बाकी छन जसलाई समाधान गर्दै लग्ने बताए ।
सभामा उद्योग वाणिज्य संघ प्रदेश सदस्य तथा कृष्णनगर कार्यसमिति पदाधिकारी लगायत स्थानिय व्यापारी, समाजसेवी, संचारकर्मी लगायत सर्वसाधारणकाे उपस्थिति थियाे ।

सम्बन्धित् समाचार