सैनामैना नगरपालिकाको मुर्गियामा व्यापारीमाथी एक युवाले धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन ।
मुर्गियामा सोमबारे हाटबजारमा ब्यापार गरिरहेका सैनामैना ३ का वर्ष ५५ का बिष्णु पटवा घाईते भएका हुन ।पाखुरामा चोट लागेका पटवाको अहिले लुम्बिनी पाद्रशेकि अस्पताल बुटवलमा उपचार भईरहेको बुटवलका डिएसपी दिल बहादुर मल्लले जानकारी दिए ।बुटवल १२ बेलबास घर भई हाल सैनामैना ३ सुनगाभा चोकमा बस्दै आएका बर्ष १८ का बिक्रम जिसीले धारिलो हतियार प्रहार गरेका थिए ।उनले लागुऔषध सेवन गरेको पाईएको प्रहरीले जनाएको छ । जिसी लाइ थप अनुसन्धान भैरहेको डिएसपी दिल बहादुर मल्लले बताए ।
मुर्गियामा व्यापारीमाथी धारिलो हतियार प्रहार
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआज भारी वर्षाको सम्भावना
४ घण्टा अघि
सुनसरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
४ घण्टा अघि
भारत फेरि टी–२० वरीयताको शीर्ष स्थानमा उक्लियो
५ घण्टा अघि








