गृहपृष्ठ Featured सहकारीलाई एकरुपता गर्न संजाल गठन

सहकारीलाई एकरुपता गर्न संजाल गठन

प्रकाशित मिति:

कपिलवस्तु वचत तथा ऋण सहकारी संघको आयोजना तथा वाणगंगा नगरपालीकाको सहयोगमा संचालित दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारी भन्ने नाराका साथ आयोजना गरिएको सहकारी एकीकरण तथा एकरुपता सम्बन्धी २ दिने कार्यशालाले यस्तो निष्कर्ष निकालेको हो । बाणगंगा नगरपालिकामा रहेका सहकारी मार्फत परिचालित २ अर्व ६६ करोड वढि पूजीलाई एकिरणमा लैजाने पहल स्वरुप सो कार्यशाला संचालन भएको हो।  नगरमा रहेका ४७ वटा सहकारीहरु मार्फत विकेन्द्रीत अरवौको पूजीलाई सहकारी बीचको एकिकरणवाट संख्या घटाउने सुविधा वढाउने पहल शुरु भएको हो । जसकालागि नगर सहकारी सञ्जाल समिति गठन गरेको छ । नगर भित्र रहेका विभिन्न सहकारीहरुको प्रतिनिधि रहने गरि संजाल गठन गरेको हो । संजालमा  जिल्ला सहकारी संघको तर्फवाट तेज प्रसाद आचार्य, बचत जिल्ला सहकारी संघको तर्फवाट राजेन्द्र शाह, बहुउदेश्य सहकारी संघको तर्फबाट द्रोणराज सुवेदी रहनु भएको छ । यस्तै बचत सहकारीको तर्फबाट घनश्याम घिमिरे, सुर्यकुमारी शाही, महिला बहुउदेश्य सहकारीको तर्फबाट ईन्द्रीरा पन्त, सानाकिसान सहकारी संस्थाको तर्फवाट राधिका पौडेल, दुग्ध उत्पादक सहकारी सस्थाको तर्फवाट राधेश्याम न्यौपाने, महिला कृषि सहकारीको तर्फवाट गंगा केसी र कृषि सहकारी संथाबाट कोपिल मरासिनी, शान्तीदेवी उपाध्य, लिलापति घिमिरे संजालमा रहनु भएको छ । समितिले नगर भित्र रहेका सहकारीहरुको काम कारवाहिको अध्ययन् गर्नुका साथै एकिकरण र एकरुपताका विषयमा योजना निर्माण गर्ने छ । समापन समारोहमा कपिलवस्तु बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष गुणानिधी भुसाल, प्रदेश सहकारी संघका संचालक तेज प्रसाद आचार्य, वाणगंगा नगरका राजश्व शाखा प्रमुख शान्तराज आचार्य, प्रशिक्षक दामोदर अधिकारीले आ आफनो भनाई राख्नु भएको थियो । गोष्ठीमा बाणगंगा नगरपालिका अध्यक्ष, ब्यवस्थापक, प्रतिनिधीहरुको सहभागीता रहेको थियो

सम्बन्धित् समाचार