गृहपृष्ठ खबर सेप्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु

सेप्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु

प्रकाशित मिति:

नौगाड गाउँपालिका ४ सिप्टीस्थित गणेश विनायक माध्यमिक विद्यालयको सेप्टी ट्याङ्कीमा खसेर ४ बालबालिकाको मृत्यु भएको छ । ४/५ वर्ष पहिले बनेको शौचालयको सेप्टी ट्याङकी माथि थुपारिएको माटोमा खेलिरहेका बालबालिकाहरु ट्याङ्कीमा झरेको सिप्टी प्रहरी चौकीले जनाएको छ ।

विद्यालय बन्द रहेको समयमा मंगलबार साढे ४ बजेतिर शौचालयको छतमा खेल्दा अन्दाजी ५ देखि १० वर्ष उमेरका बालबालिकाको मृत्यु भएको हो ।

सिप्टी चौकीका इन्चार्ज देवदत्त भट्टले मृत्यु हुनेमा निरुता ठगुन्ना, अनुष्का धामी, सुदिश धामी र युनिका ठगुन्ना रहेका जनाए । बालबालिका खसेको जानकारीको एक घण्टामै उद्धारका लागि प्रहरी र स्थानीय खटिए पनि उद्धारका लागि ३ घण्टा बढी लागेको थियो ।

सम्बन्धित् समाचार