वाणगंगा नगर पालिका प्रदेशमै हरेक हिसाबले अगाडि बढेको नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बताएका छन् । उनले सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका हरेक विकासमुलक कार्यक्रमहरु जनसहभागितामा गरिएको दावी गरेका छन् ।
कार्यक्रममा बोल्दै नगरका उपमेयर चक्रपाणी अर्यालले नगरलाई विकसित सहर र शान्ति सहर बनाउने बताए । उनले हत्या हिंसा रोक्नका लागि सचेतनामुलक कार्यक्रम गर्ने , मदिरालाई नियन्त्रण गर्नेे प्रतिवद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासीनीले जनप्रतिनिधि र कर्मचारीको समन्वयले नगरको विकास गर्न सहजता मिलेको बताए । नगरले नदिजन्य पदार्थको व्यवस्थापन , फोहोर व्यवस्थापन र विकास निमार्णमा विशेष जोड दिने उल्लेख गरेका छन् ।
प्रदेश र संघिय सरकारको बजेट ढिला आएकोले विकास निमार्णका ठुला योजनाहरु केहि ढिला भएको प्रष्ट पार्दै विकास निमार्णका काममा सबैले साथ दिन समेत प्रशासकीय अधिकृत मरासिनीले सबैमा आग्रह गरेका छन् । कार्यक्रममा नागरिकहरुले नगरबाट सेवा छिटोछरितो र सहज तवरले पाउनु पर्ने, महिला माथि हुने घरेलु हिंसा, अपराध जस्ता घट्ना रोक्नु पर्ने, विकास निमार्णमा गुणस्तर सामानको प्रयोग गर्नु पर्ने , फोहोर व्यवस्थापन , गुणस्तरिय शिक्षामा विशेष जोड दिनु पर्ने समेत प्रस्ट पारेका थिए ।
कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, वडाअध्यक्षहरु वालकुमारी पन्त ,शन्तराम रौतार , गणेश वहादुर क्षेत्री ,भिष्मराज भुषाल ,विष्णु गिरी , गुणानिधि भुषाल र धु्रव बेल्बासे , कृषि शाखाका धनिराम आचार्य , स्वास्थ्य शाखाका कृष्ण घिमिरे, पशुसेवाका राजकुमार तिवारी लगायतले उठेका सवालहरुको जवाफ दिएका थिए ।
संघका सदस्य मनिष कार्कीले नागरिक प्रतिवेदन र बहिरगमन प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष डिलाराम भुषाल, पुर्व अध्यक्ष भेषराज पाण्डे , नागरिक समाजका अगुवाहरु दोलखवहादुर पछाई, द्रोणराज सुबेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पनन भएको थियो । कार्यक्रम शारदा के शीले स्वागत तथा संघका उपाध्यक्ष पार्वती पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।