गृहपृष्ठ Featured वाणगगां नगरपालिका प्रदेशकै नमुना नगरपालिका बनाउनु पर्नेमा जोड।।

वाणगगां नगरपालिका प्रदेशकै नमुना नगरपालिका बनाउनु पर्नेमा जोड।।

वाणगंगा नगर पालिका प्रदेशमै हरेक हिसाबले अगाडि बढेको नगरपालिकाका मेयर मंगल प्रसाद थारुले बताएका छन् । उनले सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका हरेक विकासमुलक कार्यक्रमहरु जनसहभागितामा गरिएको दावी गरेका छन् ।

कार्यक्रममा बोल्दै नगरका उपमेयर चक्रपाणी अर्यालले नगरलाई विकसित सहर र शान्ति सहर बनाउने बताए । उनले हत्या हिंसा रोक्नका लागि सचेतनामुलक कार्यक्रम गर्ने , मदिरालाई नियन्त्रण गर्नेे प्रतिवद्धता जनाएका छन् । त्यस्तै कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम मरासीनीले जनप्रतिनिधि र कर्मचारीको समन्वयले नगरको विकास गर्न सहजता मिलेको बताए । नगरले नदिजन्य पदार्थको व्यवस्थापन , फोहोर व्यवस्थापन र विकास निमार्णमा विशेष जोड दिने उल्लेख गरेका छन् ।

प्रदेश र संघिय सरकारको बजेट ढिला आएकोले विकास निमार्णका ठुला योजनाहरु केहि ढिला भएको प्रष्ट पार्दै विकास निमार्णका काममा सबैले साथ दिन समेत प्रशासकीय अधिकृत मरासिनीले सबैमा आग्रह गरेका छन् । कार्यक्रममा नागरिकहरुले नगरबाट सेवा छिटोछरितो र सहज तवरले पाउनु पर्ने, महिला माथि हुने घरेलु हिंसा, अपराध जस्ता घट्ना रोक्नु पर्ने, विकास निमार्णमा गुणस्तर सामानको प्रयोग गर्नु पर्ने , फोहोर व्यवस्थापन , गुणस्तरिय शिक्षामा विशेष जोड दिनु पर्ने समेत प्रस्ट पारेका थिए ।

कार्यक्रममा नगरका शिक्षा शाखा प्रमुख बाबुराम भट्राई, वडाअध्यक्षहरु वालकुमारी पन्त ,शन्तराम रौतार , गणेश वहादुर क्षेत्री ,भिष्मराज भुषाल ,विष्णु गिरी , गुणानिधि भुषाल र धु्रव बेल्बासे , कृषि शाखाका धनिराम आचार्य , स्वास्थ्य शाखाका कृष्ण घिमिरे, पशुसेवाका राजकुमार तिवारी लगायतले उठेका सवालहरुको जवाफ दिएका थिए ।

संघका सदस्य मनिष कार्कीले नागरिक प्रतिवेदन र बहिरगमन प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष डिलाराम भुषाल, पुर्व अध्यक्ष भेषराज पाण्डे , नागरिक समाजका अगुवाहरु दोलखवहादुर पछाई, द्रोणराज सुबेदी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वाणगंगा नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको समन्वयमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पनन भएको थियो । कार्यक्रम शारदा के शीले स्वागत तथा संघका उपाध्यक्ष पार्वती पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार